२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

न्याय मर्यो भने राष्ट्रनै ध्वस्त हुन्छः प्रधान न्यायाधिश पराजुली

१९ भाद्र २०७४, सोमबार १४:०६

कमल रावल | भदौ १९, अछाम | प्रधान न्यायाधिश गोपाल पराजुलीले न्याय मर्यो भने राष्ट्रनै ध्बस्त हुने बताउनु भएको छ । स्वच्छ, मर्यादित र बास्तविक पक्षका तर्फमा न्याय  हुन सके राष्ट्रनै अब्बल हुँदै जाने बताउनु भयो । 

अछाम जिल्ला अदालतको नव निर्मित भवनको उद्घाटन गर्न अछाम पुग्नु भएका प्रधान न्यायाशिध पराजुलीले न्यायलयको साख जोगाउन, सविधानको सफल कार्यान्वयनका साथै स्वच्छ न्याय दिनमा अदालत सफल हुनु पर्नेमा जोड दिनु भएको थियो । अदालतले आफुलाई लाग्दै आएका नकारात्मक परिपाटीलाई चिरफाँट गर्दै अघि बढनु पर्नेमा उहाँको जोड रहेको थियो ।


आफु न्यायलयमा रहँदा दुरदराज पिछडिएको वर्ग अभावै अभावको क्षेत्र आफनो पहीलो प्राथमिकता रहेको बताउनुभयो । अछामकै नमुनाको रुपमा तयार भएको जिल्ला अदालतको प्रसंशा गर्दै प्रधान न्यायाधिश पराजुलिले जसरी भवनले शोभा दि रहेको छ त्यसरी सेवाग्राही हसाउन कर्मचारी तल्लीन हुनु पर्ने बताउनु भयो । आगामि दिनमा अछामको राम्रो कार्यको अरु जिल्लाले समेत सिको गर्ने अनुभुती सबैमा दिनुपर्नेमा उहाँको जोड रहेको थियो । 


उच्च अदालत दिपायलका न्यायाधिश प्रकाश कुमार ढुगानाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायाधिश हरि प्रसाद उपाध्याय पंगेनीले करिब ३ करोड १० लाख भन्दा बढी आर्थिक लागतमा २०७३ असार २७ मा कार्य सम्पन्न भई जिल्ला अदालतले बुझेको बताउनु भयो । ८ रोपनी ६ आना बढी अदालतको नामम रहेको जग्गा क्षेत्र भित्र करिब १९ कोठे भवन रहेको जानकारी दिनु भयो । कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्टार नहकुल सुवेदि, अछामका प्रमुख जिल्ला अधिकारी कीशोर कुमार चौधरी, जिल्ला बार ईकाई अछामका अध्यक्ष कृष्ण प्रसाद ढुंगानाले शुभ-कामना मन्तव्य राख्नुएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला अदालतका स्रेस्तेदार दिपेन्द्र नाथ योगिले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…