२०८३, २७ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालगञ्ज उपमहानगरपालिकाद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८२, १० असार मंगलवार १६:१०
काठमाडौँ । नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
प्रमुख प्रशान्त विष्टले आज उपमहानगरपालिकाको १७औँ नगर परिषद्मा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालगञ्जलाई पर्यटकीय शहरका रुपमा विकास गर्न नेपालगञ्ज र आसपासका पर्यटकीय क्षेत्रलाई ‘भिजिट वेष्टर्न’ नेपाल कार्यक्रममा आबद्ध गरिने जानकारी दिनुभयो । उहाँले सुन्दर, स्वच्छ र हरियाली शहर निर्माणका लागि नेपालगञ्जमा ऐतिहासिक उद्यान निर्माण, तालतलैयाको संरक्षणमा जोड दिँदै मुस्लिम समुदायको जामा मस्जिद, शिख समुदायको गुरुद्वारा, हिन्दूको वागेश्वरी मन्दिर, १०८ फिटे हनुमानगढी परिसरको धार्मिक तथा सांस्कृतिक महत्व भएकाले ती क्षेत्रलाई समेटेर धार्मिक सद्भाव सर्किटका रुपमा विकास गरिने बताउनुभयो ।
उपमहानगरपालिकामा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी जग्गाधनी पुर्जा वितरणका लागि पहल गरिने जानकारी दिँदै नगरप्रमुख विष्टले कृषि क्षेत्रलाई प्राथमिकताका साथ नीति कार्यक्रममा समावेश गरेको उल्लेख गर्नुभयो । नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा खाद्यान्न तथा तरकारीको उन्नत एवं गुणस्तरीय बीउको प्रयोगमार्फत तरकारी, च्याउ तथा अन्नबालीको  उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिइने तथा रासायनिक मल  बिक्री वितरणको प्रभावकारी अनुगमन गरी कृषकलाई सरल र सहज रुपमा उपलब्ध हुने व्यवस्था गरिने उल्लेख गरिएको छ ।
सङ्घीय सरकारको समन्वयमा कृषक सूचीकरणलाई निरन्तरता दिँदै नीति कार्यक्रममा कृषकको रोष्टर तयार गरी पालिकाबाट वितरण हुने अनुदान तथा सहुलियतलाई व्यवस्थित र पारदर्शी बनाइने उहाँले उल्लेख गर्नुभयो । सिँचाइतर्फ नगरक्षेत्रभित्र रहेका तालतलैया र पोखरीको संरक्षण गरी कृषिमा उपयोग गर्ने नीति अवलम्बन गरिनेमा जोड दिँदै पशु अधिकारको सुनिश्चताका लागि पशु एम्बुलेन्सको व्यवस्था आश्रयस्थलका लागि काञ्जिहाउसलाई व्यवस्थित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नेपालगञ्जलाई व्यापारिक केन्द्रका रुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण तथा व्यावसायिक वातावरणको विकास गरिनेमा जोड दिँदै स्थानीय उत्पादन प्रवद्र्धन तथा बजारीकरणमा जोड दिइने नीति कार्यक्रममा उल्लेख छ । उपमहानगरपालिकाभित्र बोलिने सबै मातृभाषाको संरक्षण तथा संवद्र्धन गर्न विगत वर्षदेखि राष्ट्रिय समाचार समिति (रासस) मा अवधी मातृभाषा समाचार सेवा सञ्चालन भएकामा आगामी आर्थिक वर्षदेखि उर्दू भाषालगायतका मातृभाषाको जगेर्ना र विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सो अवसरमा वडाध्यक्षहरु प्रमोद रिजाल, दीपक बर्मा, राजकुमार साहुलगायतले सङ्घीयताको मर्मअनुसार स्थानीय तहले काम गर्न नसकेको बताउनुभयो ।
यसैबीच उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राईले प्रस्तावित रु एक अर्ब ६४ करोड ७१ लाख ४६ हजार ६६६ बराबरको आय तथा व्यय परिषद्मा प्रस्तुत गर्नुभयो । सो बजेटमध्ये चालु खर्चतर्फ रु ३८ करोड ५६ लाख ९० हजार, सङ्घीय समपूरक खर्च रु एक करोड २३ लाख ६६ हजार ६६६, प्रदेश समपूरक  खर्च रु दुई करोड २५ लाख तथा वडा कार्यालयका लागि रु २० करोड खर्च हुने अनुमान गरिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन