2026-10-06 10:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सम्मानित श्रम र सुरक्षित आप्रवासनमा मन्त्री भण्डारीको जोड

2025-06-26
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले विभिन्न मुलुकमा काम गर्ने हाम्रा श्रमिकको सम्मान हुनुपर्छ भन्नुभएको छ ।
कोरिया इन्टरनेशनल कर्पोरेसन एजेन्सी (कोइका)द्वारा आज यहाँ आयोजित  ‘हामी एप सार्वजनिक एवं आप्रवासन सम्मेलन’को शुभारम्भ गर्दै उहाँले हाम्रो श्रमिकले बगाएको पसिनाका कारण गन्तव्य मुलुकको विकास भएको छ जनाउँदै सम्मानित श्रम र सुरक्षित आप्रवासनलाई जोड दिएका छौँ भन्नुभएको हो ।
“गन्तव्य मुलुकको आर्थिक विकासमा हाम्रा श्रमिक सहभागी छन्, उनीहरुको श्रमलाई सम्मान गर्नुपर्छ, वैदेशिक रोजगारमा १६ वर्षमा हाम्रा १४ हजार नेपालीले ज्यान गुमाएका छन् । श्रम गर्न गएको हो, ज्यान गुमाउन हैन, वैदेशिक रोजगारमा जानेहरूको उपयुक्त तरिकाले स्वास्थ्य परिक्षण हुन सकेको छैन, यसलाई पनि ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।
उहाँले कोरियाको १९६० को अनुभवलाई अङ्गीकार गरेर अगाडि बढ्नुपर्छ भनेर जेनेभाको बैठकमा पनि भनेको छु भन्दै कोरियाली अनुभव सिकेर अनुकरणीय कार्य गर्नु छ भन्नुभयो ।
उहाँले श्रमसम्बन्धी सही सूचनाको जानकारी दिन श्रम संसार लागू गरेको बताउँदै १० वर्षमा नेपालबाट बाध्यात्मक श्रमका लागि विदेश जाने अवस्थाको अन्त्य हुने बताउनुभयो ।
“सूचनाको अभावले धेरै मानिस प्रभावित भएका छन्, ठगीमा परेका छन्, यी कुरालाई ध्यानमा दिएर श्रमसंसार सञ्चालनमा ल्याएका छौँ, श्रमसम्बन्धी सम्पूर्ण कुराहरु राखेका छौँ, मानिसको औँलामा नेपालको श्रम बजार छ, हामी वैदेशिक रोजगारभन्दा बढी नेपालको आन्तरिक रोजगारीलाई प्राथमिकतामा राख्छौँ, हाम्रो मन्त्रालयमा वैदेशिक रोजगार महाशाखा, वैदेशिक रोजगार बोर्डलगायत संरचना छ, अहिले मन्त्रालयमा हामीले अहिले आन्तरिक रोजगार महाशाखा स्थापना गरेका छौँ”,  उहाँले भन्नुभयो ।
उहाँले नेपालीले कोरियालाई आकर्षक गन्तव्यका रुपमा मान्ने गरेको भन्दै यसलाई व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।
‘हामी एप’ नेपाली श्रमिकको अधिकार सुरक्षाका लागि एक महत्वपूर्ण उपकरण हो र यसले व्यवस्थित आप्रवासन प्रक्रियामा मद्दत पु¥याउँछ । सरकार सुरक्षित आप्रवासन र सफल पुनःएकीकरण सुनिश्चित गर्ने नीतिहरू विकास गर्न प्रतिबद्ध छ”, उहाँले भन्नुभयो ।
नेपालका लागि कोरियाका राजदूत पार्क तेइ–यङले यस वर्ष नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५१औँ वार्षिकोत्सव हो भन्दै यो संयुक्त कार्यक्रम दुई देशबीच जनस्तरको सम्बन्धमा सहकार्यको प्रतीक हो भन्नुभएको छ ।
“माइग्रेन्ट श्रमिकको सम्पूर्ण यात्रामा साथ दिने ‘हामी’ एप कोरिया र नेपालको साझेदारीको प्रतीक हो । हामी श्रम आप्रवासनका क्षेत्रमा निरन्तर सहकार्य र साझेदारीको अपेक्षा गर्छौं”, राजदूत पार्क तेइ–यङले भन्नुभयो ।
‘हामी एप’ को परियोजना कोइकाद्वारा सन् २०२२ मा सुरु गरिएको ‘नेपालमा फर्किएका श्रमिकको स्थिर पुनःएकीकरणका लागि चरणगत समर्थन प्रणाली सुदृढीकरण’ परियोजनाको हिस्सा भएको बताइएको छ ।
‘हामी एप’बाट कोरियाको रोजगार अनुमति प्रणाली मार्फत कोरिया जाने नेपाली श्रमिकले पूर्व–प्रवास चरणमा दृष्टिकोण निर्माण, वित्तीय साक्षरता र जीवन सुरक्षासम्बन्धी तालिमका विषयमा, प्रवास चरणमा आवश्यक जानकारी र स्रोतमा पहुँच, साथै सप्ताहन्तमा आधारित सीप तथा उद्यमशीलता तालिम र प्रवासपश्चात्का चरणमा पुनःएकीकरणसम्बन्धी जानकारी, उद्यमशीलता तालिम र नयाँ व्यवसाय सुरु गर्न बीउ पुँजी सहयोगका विषयमा जानकारी तथा लाभ उठाउनसक्ने जानकारी गराइएको छ । यो एप श्रमिकको अधिकार सुदृढीकरणका लागि दिगो मोडेलका रूपमा स्थापित हुने जनाइएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो