३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कैलालीको गर्भा दरबारको संरक्षणमा सरकार प्रतिबद्धः पर्यटनमन्त्री

१२ असार २०८२, बिहीबार १४:३९
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कैलालीस्थित ऐतिहासिक गर्भा दरबारको संरक्षणमा सरकार गम्भीर रहेको र देशको बहुभाषिक तथा बहुसांस्कृतिक पहिचान प्रवद्र्धनप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिँदै उहाँले कैलालीको चुरे गाउँपालिका–४ मा अवस्थित गर्भा दरबारलाई पुरातात्त्विक सम्पदाको सूचीमा सूचीकृत गरिसकिएको जानकारी दिनुभयो ।
मन्त्री पाण्डेले दरबारको संरक्षणप्रति स्थानीय चासो पनि बढिरहेको उल्लेख गर्दै २०७८ साल असोज ७ गते चुरे गाउँपालिकाले पुरातत्व विभागमा संरक्षणका लागि औपचारिक निवेदन पेस गरेको बताउनुभयो ।
विभागले स्थलगत निरीक्षण गरी विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने कार्य अघि बढाएको र आगामी आर्थिक वर्ष २०८२÷८३ मा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीका लागि रु चार लाख रकम प्रस्ताव गरिएको पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँका अनुसार अब संरचना संरक्षणको कार्य संस्थागत रूपमा अगाडि बढाइनेछ ।
राष्ट्रियसभा सदस्य मदनकुमारी शाह गरिमाले कैलालीको गर्भा दरबारको संरक्षण र पर्यटन प्रवद्र्धनबारे सरकारको नीति तथा कार्यक्रमबारे प्रश्न गर्नुभएको थियो ।
यसैबीच, राष्ट्रियसभा सदस्य मोहम्मद खालिदले उठाउनुभएको प्रश्नको उत्तर दिँदै मन्त्री पाण्डेले सरकार बहुभाषिक पहिचान प्रवर्द्धनमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “नेपालको संविधानको धारा ६ अनुसार नेपालमा बोलिने सम्पूर्ण मातृभाषा राष्ट्रभाषा हुन् र धारा २८७ अनुसार गठन भएको भाषा आयोगले ती भाषाको संरक्षण, अध्ययन, अनुसन्धान तथा विकास कार्य गर्दै आएको छ ।”
जनगणना, २०७८ का आधारमा हालसम्म १२४ भाषा पहिचान भइसकेका छन् । त्यसमा ९३ वटा अर्थात् करिब ७५ प्रतिशत भाषा आदिवासी समुदायसँग सम्बन्धित छन् । ती भाषाको संरक्षण, अभिलेखीकरण र प्रयोग प्रवद्र्धनमा सरकार निरन्तर लागिपरेको पनि मन्त्री पाण्डेले उल्लेख गर्नुभयो ।
मन्त्री पाण्डेले विविध भाषाभाषी समुदायको मौलिक अधिकार संरक्षण गर्नु नै सशक्त सामाजिक समावेशिता र पहिचानको आधार भएको स्पष्ट पार्दै सरकारको नीति तथा कार्यक्रम भाषा र संस्कृति संरक्षणमै केन्द्रित रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु