2026-10-06 09:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सांसदहरूको सुझावः आन्तरिक उत्पादन र कर प्रणाली सुधार आवश्यक

2025-06-28
काठमाडौँ । सांसदहरूले आन्तरिक उत्पादन वृद्धिदेखि कर प्रणालीको सुधार आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८२ माथि प्राप्त संशोधनसहितको छलफलमा सहभागीहरुले उक्त धारणा राख्नुभएको हो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आन्तरिक उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हरित कर लगाउने प्रस्ताव आवश्यक छैन, प्रदूषण कर लागू गरेर हरित सहर निर्माण गर्नुपर्छ, मदिरा र सुर्तीको प्रयोग अन्त्य गर्ने वातावरण बनाउनुपर्छ ।” उहाँले सरकारको प्रत्यक्ष संलग्नतामा जलविद्युत् र सिँचाइ परियोजनाहरू सञ्चालन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
सांसद प्रभु साहले ठूला वर्गहरुलाई पनि करको दायरामा ल्याउन माग गर्नुभयो । “सामान्य किसानलाई कर तिर्न बाध्य बनाइन्छ, तर ठूला पेशागत व्यक्तिहरू करको दायरामा पर्दैनन्”, उहाँले भन्नुभयो, “करको दायरा बढेको भए पनि राजस्व असुलीमा ठूलो घोटाला छ ।”
सांसद रणेन्द्र बरालीले सुनचाँदीजस्ता गहनालाई विलासी वस्तुको सूचीमा राखेर कर लगाउन नहुने तर्क गर्नुभयो । “जन्मदेखि मृत्युसम्म सुनचाँदी चाहिन्छ, ठूला होटेलका महङ्गा र विलासी वस्तुसँग तुलना गरेर गहनामा विलासी शुल्क लगाउनु अव्यवहारिक छ”, उहाँले भन्नुभयो, “विदेशबाट तोकिएको मात्राभन्दा बढी सुन ल्याएमा जफत गरिने व्यवस्था मजदुरवर्गमाथि अन्याय हो । त्यसलाई खारेज गर्नुपर्छ ।”
सांसद नारायणी शर्माले जडीबुटी उत्पादनलाई प्रोत्साहन गरी जडीबुटीजन्य उद्योगको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले देशको अर्थतन्त्र सुधारका लागि प्राकृतिक स्रोतको सदुपयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । सांसद छिरीङ डम्डुल लामाले विलासी वस्तुअन्तर्गत २ प्रतिशत करले सुनचाँदी तथा हिरा व्यवसाय प्रभावित हुने बताउनुभयो ।
सांसद शक्तिबहादुर बस्नेतले आय–व्ययको तालमेल नमिलेको तथा विधेयकमा समेटिएका तथ्याङ्क यथार्थपरक नभएको टिप्पणी गर्नुभयो । “सामाजिक न्यायका मूल्यहरू कमजोर हुँदै गइरहेका छन्, बृद्धभत्ताको उमेरसमेत घटाइएको छ, यस्तो अवस्थामा कर प्रणालीलाई प्रगतिशील बनाउन जरुरी छ”, उहाँले भन्नुभयो ।
सांसद माधव सापकोटाले नागरिकले कर तिर्नुपर्ने भए पनि राज्यले सामाजिक उत्तरदायित्व पूरा गर्न नसकेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “कर तिर्दा नागरिकले संरक्षकत्वको प्रत्याभूति पाउनुपर्छ, तर सामाजिक सुरक्षाको भत्ता घटाइएको छ, जुन उचित निर्णय होइन ।”
सांसद रुपा सोशी चौधरीले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने बताउँदै आर्थिक नीति सरल नहुँदा नेपालमा धेरै उद्योग बन्द भइरहेको उल्लेख गर्नुभयो । उहाँले उद्योग प्रवर्द्धनमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
सांसद वर्षमान पुनले सुनचाँदीलाई विलासी वस्तुको सूचीबाट हटाउनुपर्ने सुझाव दिँदै कर बृद्धि गर्ने नीति गलत रहेको बताउनुभयो । उहाँले औषधिजन्य वस्तुहरूमा मूल्य अभिवृद्धि कर (भ्याट) हटाउनुपर्ने धारणा राख्नुभयो ।
सांसद अमनलाल मोदीले स्वदेशी उत्पादनलाई प्रोत्साहन दिनुपर्ने भन्दै त्यसमार्फत रोजगारी सिर्जना र राजस्व वृद्धिमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । सांसद डा प्रकाशशरण महतले सुन आयातमा रहेको कोटा प्रणाली हटाउनुपर्ने माग गर्नुभयो । “सुनचाँदीजस्ता वस्तुमा कर लगाउनु हुँदैन । कुन वस्तुमा कर लगाउने भन्ने स्पष्ट नीति आवश्यक छ,” उहाँले भन्नुभयो, “आन्तरिक उत्पादन र रोजगारी बृद्धि भएमा करको दायरा स्वाभाविक रूपमा विस्तार हुन्छ ।” छलफलमा सांसद भगवती चौधरी, रञ्जुकुमारी झालगायतले पनि आ–आफ्ना धारणा राख्नुभएको थियो ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो