2026-11-03 04:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेको पक्षमा बाबुरामको ऐक्यबद्धता भन्छन् – वैकल्पिक शक्तिको ‘भ्रूण हत्या’ गर्न खोजियो

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा ऐक्यबद्धता जनाएका छन्। उनले शनिबार रास्वपाको केन्द्रीय कार्यालय, बनस्थली पुगेर पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियानमा सहभागी भएका हुन्।

हस्ताक्षरपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. भट्टराईले रवि लामिछानेमाथि भइरहेको व्यवहारलाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिए। उनले पुराना शक्तिहरूले नयाँ र वैकल्पिक शक्तिहरूको ‘भ्रूण हत्या’ गर्न खोजेको आरोप लगाए।

उनले भने – ‘अंग्रेजीमा एउटा भनाइ छ- तपाईं असल भएर मात्र हुँदैन, असल देखिनु पनि पर्छ। लोकतन्त्र भनेको विधिको शासन हो, तर रवि लामिछानेजीको हकमा महिनौंदेखि एकपछि अर्को मुद्दामा हिरासतमा राख्ने र जनप्रतिनिधिको कर्तव्य पूरा गर्न नदिने जुन काम भइरहेको छ, यसले विधिको शासनभन्दा पनि कुनै अर्कै नियतले काम गरेजस्तो देखिन्छ,’ भट्टराईले भने।

उनले महाभारतको प्रसंग जोड्दै थपे, ‘कृष्णको जन्म हुँदैछ र उसले आफ्नो मृत्यु गराउँछ भन्ने थाहा पाएर कंसले बहिनीको गर्भबाट नजन्मिँदै कृष्णलाई मार्न खोजे जस्तै, पुराना शक्तिहरूले नयाँ उदयमान शक्तिहरूलाई त्यसैगरी भ्रूण हत्या गर्न खोज्छन्।’

डा. भट्टराईले अदालतले दोषी प्रमाणित नगरेसम्म कोही पनि निर्दोष हुने सिद्धान्तको स्मरण गराउँदै अहिलेको घटनाक्रमले राजनीतिक प्रतिशोधको गन्ध आएको र त्यो ठीक नभएको बताए।

उनले भने, ‘यो घटनाले प्रकारान्तरले वैकल्पिक र नयाँ शक्तिहरूको उदयको निम्ति आधार तयार पार्दैछ। पुराना शक्तिहरूको गलत हर्कत र नियत आम जनताले बुझ्दैछन्।’

वैकल्पिक र नयाँ शक्तिहरूबीच आधारभूत कुरामा सहकार्य र कतिपय अवस्थामा प्रतिस्पर्धा गर्दै पुराना, भ्रष्ट र पतनशील शक्तिहरूविरुद्ध लड्नुपर्नेमा उनले जोड दिए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदीमध्ये दुई जना पक्राउ कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्नू : देवराज चालिसे एनपीएल : विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्न, संसद्‌मै छलफल गर्न माग एनपीएल : जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक रुपन्देहीमा महिला हत्या प्रकरण : चार जना पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै निर्वाचन आयोगमा गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक एनपीएल : सुदूरपश्चिमले टस जितेर बलिङ रोज्यो, चितवन ब्याटिङमा कर्णालीलाई ४ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको पहिलो जित साताको पहिलो दिनमै दोहोरो अङ्कले घट्यो नेप्से संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य