2026-10-05 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भन्सार विधेयकमाथि छलफल सकियाे

2025-06-30
काठमान्डौ ।  राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल भएको छ ।
समिति सभापति तुलसाकुमारी दहालले आज विधेयकमाथिको छलफल टुङ्गिएको र प्रतिवेदन तयार पारेर जतिसक्दो चाँडो राष्ट्रियसभामा पठाइने जानकारी दिनुभयो । आजको बैठकमा विधेयकमा परेका संशोधन प्रस्तावहरुमाथि छलफल भएको थियो ।
राष्ट्रियसभामा विधेयकमाथि पाँचवटा एकल तथा संयुक्त संशोधन प्रस्ताव परेका छन् । डा बेदुराम भुसाल, गोमादेवी तिमल्सिना, घनश्याम रिजाल, जयन्तीदेवी राई, मदनकुमारी शाह (गरिमा), राजेन्द्रलक्ष्मी गैरे र सावित्री मल्लले संयुक्त रुपमा संशोधन दर्ता गर्नुभएको छ ।
त्यसैगरी, सुरेशकुमार आलेमगर, गोपीबहादुर सार्की अछामी, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा, विष्णुबहादुर विश्वकर्मा र श्रीकृष्णप्रसाद अधिकारीले पनि संयुक्त रुपमा संशोधन राख्नुभएको छ ।
राष्ट्रियसभा सदस्य भगवती न्यौपाने, गोपाल भट्टराई, रुक्मिणी कोइराला र सुमित्रा बिसी तथा पदमबहादुर परियार र विष्णुकुमारी सापकोटा तथा डा अन्जान शाक्यले विधेयकमाथि संशोधन हाल्नुभएको छ ।
भन्सार जाँचपास प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्ष राष्ट्र रहेको क्योटो महासन्धि अनुकूल हुनेगरी भन्सार ऐन संशोधन आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याइएको हो । नेपाल संशोधित क्योटो महासन्धि सम्झौता र विश्व व्यापार सङ्गठनको व्यापार सहजीकरण सम्झौताको पक्ष राष्ट्र हो । यी सम्झौताहरुअनुसार संशोधित क्योटो महासन्धिका प्रावधानहरुमध्ये सामान्य प्रावधानहरु सदस्य भएको तीन वर्षभित्र तथा सङ्क्रमणकालीन मापदण्डहरु पाँच वर्षभित्र कार्यान्वयनमा ल्याइसक्नुपर्ने व्यवस्था उल्लेख छ ।
त्यसैगरी, व्यापार सहजीकरणका लागि भन्सारसँग सम्बन्धित प्रावधानहरु भन्सार ऐन नियमबाट सम्बोधन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै