2026-10-05 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वसांसदका अनुभव संसद्का काम कारबाहीमा जोड्नुपर्छ : अध्यक्ष दाहाल

2025-06-30

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वसांसदमा धेरै अनुभव हुने भएकाले त्यसलाई संसद्को काम कारबाहीमा जोड्नुपर्ने बताउनुभएको छ ।

पूर्वसांसद मञ्चले ६७औँ संसद् दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा पूर्वसांसदको अनुभवले कानुन पनि राम्रो बन्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रियसभाले सङ्घीयताको कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

संसद्मा हुने नीतिगत बहसमा सबै सांसदलाई समान सहभागी गराउनुपर्नेमा पनि उहाँले जोड दिनुभएको थियो । दलीय स्वार्थभन्दा माथि उठेर सांसदले काम गर्ने वातावरण बनाउन राजनीतिक दलले सहयोग गर्नुपर्ने अध्यक्ष दाहालले बताउनुभएको थियो ।

मञ्चका अध्यक्ष एवं पूर्वसांसद ओमकार श्रेष्ठले संसद्मा हुनुपर्ने उपस्थिति र बहस हुने वातावरण अन्त्य भएकामा दुःख लागेको बताउनुभयो । मञ्चका उपाध्यक्षहरू गोविन्दबहादुर शाह, विष्णुबहादुर राउत, रामेश्वरराय यादवलगायतले संसदको भूमिका अझै प्रभावकारी बनाउन सहयोग गरिने प्रतिबद्धता जनाउनुभएको थियो ।

सो अवसरमा पूर्वसांसद परशुराम मेघी गुरुङले संसद्बाट २०८१ वैशाखदेखि चैतसम्म भएका गतिविधिका बारेमा प्रस्तुती दिनुभएको थियो । विसं २०१६ असार १६ गते जननिर्वाचित संसद्को पहिलो बैठक बसेको सम्झनामा संसद् दिवस मनाउन थालिएको हो । प्रत्येक वर्ष ३० जुनका दिन मनाइने अन्तरराष्ट्रिय संसद् दिवस पनि आजै मनाइएको छ ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै