2026-10-05 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘संविधान निर्माणका क्रममा हस्ताक्षर गर्नेले विरोध गर्नु उचित होइन’: उपप्रधानमन्त्री सिंह

2025-07-02
काठमाडौँ ।  प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालीरहनुभएका उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान निर्माणका क्रममा हस्ताक्षर गर्नेहरूले अहिले आएर संविधानको विरोध गर्नु उचित नहुने धारणा राख्नुभएको छ ।
आज काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले २०१७ सालमा गुमेको जनताको मौलिक अधिकार २०४६ सालमा प्राप्त गरिएको कसैले बिर्सिन नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “१७ सालमा खोसिएको जनताको मैलिक अधिकार फिर्ता ल्याउन ३० वर्ष कुर्नु प¥र्यो । सर्वमान्य नेता गणेशमान सिंहको पहलमा ४६ सालमा प्राप्त गरेको बिर्सिनु हुँदैन । प्राप्त गरेको अधिकार सुरक्षित गर्न सक्नुपर्छ । संविधान निर्माण गर्दा हस्ताक्षर गर्नेहरूले विरोध गर्नु उचित हुँदैन ।”
उहाँले आफूहरू जनताको सेवाका लागि राजनीतिमा आएकाले आफ्नो धर्म भनेको जनताको सेवा गर्ने भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको कामकारबाहीलाई जनताले हेरेर बसिरहेका छन् । जनता र देशका लागि काम नगर्ने नेताहरूलाई जनताले निर्वाचनमा मूल्याङ्कन गर्नुपर्छ ।”
सहरी विकासमन्त्री सिंहले निजामती विधेयकमा केही तलमाथि भएके भन्दै विधेयकमा चलखेल गर्नेलाई कारबाही हुनुपर्ने बताउनुभयो । छानबिनपछि जोसुकै दोषी भए पनि कारबाही हुनुपर्ने उहाँको भनाइ छ । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले अहिले नगरको आफ्नो भवन निर्माण भएकाले सेवा प्रवाहमा सहजता हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका नेताहरूले नगरको नयाँ भवन निर्माण भएकोप्रति खुसी व्यक्त गर्नुका साथै नागरिकलाई सेवा प्रवाहमा सहज होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो । करिब रु ५१ करोड बढी लागतमा उक्त भवन निर्माण गरिएको जनाइएको छ । आजको कार्यक्रममा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन निर्माणमा सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै