2026-06-26 06:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतीय प्रधानमन्त्री मोदी घाना प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदी पाँच राष्ट्रको भ्रमणका लागि बुधबार घानातर्फ प्रस्थान गर्नुभएको छ ।

उहाँले यही जुलाई ५ देखि ८ सम्म ब्राजिलको रियो दि जेनेरियोमा हुने ब्रिक्स शिखर सम्मेलनमा भाग लिनुहुने कार्यक्रम रहेको छ भने अन्य विभिन्न मितिमा घाना, ट्रिनिडाड एण्ड टोबागो, अर्जेन्टिना र नामिबियाको भ्रमण गरी नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने जनाइएको छ ।

ब्रिक्स सम्मेलनपछि उहाँले दक्षिण अमेरिकी मुलुक ब्राजिलको राजकीय भ्रमण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री मोदीको ब्राजिलको यो चौथो भ्रमण हुनेछ ।

शिखर सम्मेलनको अवसरमा प्रधानमन्त्री मोदीले धेरै द्विपक्षीय बैठकहरू गर्नुहुनेछ । ब्राजिलको राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री मोदी ब्रासिलिया जाने र ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भासँग व्यापार, रक्षा, ऊर्जा, अन्तरिक्ष, प्रविधि, कृषि, स्वास्थ्य र नागरिक र नागरिकबीचको सम्बन्धलगायत क्षेत्रहरूमा दुई देशबीचको रणनीतिक साझेदारी विस्तार गर्न द्विपक्षीय छलफल गर्ने उल्लेख छ ।

प्रधानमन्त्री मोदीले सुरुमा अफ्रिकी मुलुक घानाको भ्रमण गरी त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसँग द्विपक्षीय साझेदारी, आर्थिक, ऊर्जा, रक्षा र विकास सहयोगको माध्यमबाट यसलाई अगाडि बढाउन बिषयमा छलफल गर्ने जनाइएको छ ।

भ्रमणले द्विपक्षीय सम्बन्धलाई मजबुत बनाई इकोवास (पश्चिम अफ्रिकी राज्यहरूको आर्थिक समुह) र अफ्रिकी सङ्घसँगको भारतको सम्बन्धलाई बलियो बनाउन दुई देशको साझा प्रतिबद्धतालाई पुष्टि गर्ने उल्लेख गरिएको छ । विगत तीन दशक यता घाना भ्रमण गर्ने उहाँ पहिलो भारतीय प्रधानमन्त्री हुनुभएको छ ।

भ्रमणको दोस्रो चरणमा, प्रधानमन्त्री मोदीले जुलाई ३ र ४ गते ट्रिनिडाड एण्ड टोबागोको आधिकारिक भ्रमण गर्ने कार्यक्रम तय भएको छ । यो प्रधानमन्त्रीको रूपमा उहाँको पहिलो भ्रमण र १९९९ पछि ट्रिनिडाड एण्ड टोबागोको प्रधानमन्त्री स्तरमा पहिलो द्विपक्षीय भ्रमण हुनेछ ।

भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले ट्रिनिडाड एण्ड टोबागोका राष्ट्रपति क्रिस्टिन कार्ला काङ्गालु र प्रधानमन्त्री कमला पर्सद बिसेसरसँग वार्ता गरी द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने र त्यहाँको संंसदको संयुक्त सत्रलाई पनि सम्बोधन गर्ने बताइएको छ ।

तेस्रो चरणमा प्रधानमन्त्री मोदीले जुलाइ ४ र ५ मा अर्जेन्टिनाको भ्रमण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री मोदीले अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईसँग जारी सहयोगको समीक्षा रक्षा, कृषि, खानी, तेल र ग्याँस, नवीकरणीय ऊर्जा, व्यापार लगायतका क्षेत्रहरूमा द्विपक्षीय साझेदारी बढाउने उपायबारे छलफल गर्ने कार्यक्रम छ ।

भ्रमणको अन्तिम चरणमा प्रधानमन्त्री मोदीले जुलाई ९ मा नामिबियाको राजकीय भ्रमण गर्ने जनाइएको छ । यो प्रधानमन्त्रीको नामिबियाको पहिलो भ्रमण र भारतबाट नामिबियाको तेस्रो प्रधानमन्त्रीको भ्रमण हुनेछ ।

भ्रमणमा प्रधानमन्त्री मोदीले राष्ट्रपति नेतुम्बो नन्दी–नदैतवाहसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ भने नामिबियाका संस्थापक तथा प्रथम राष्ट्रपति स्वर्गीय साम नुजोमालाई पनि श्रद्धाञ्जलि अर्पण गर्र्ने जनाइएको छ ।

उहाँले नामिबियाको संसदलाई पनि सम्बोधन गर्ने विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीको भ्रमण नामिबियासँग भारतको ऐतिहासिक सम्बन्धको पुनरावृतिसमेत भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ