2026-09-14 02:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न ढिलाई नगरौँ’: राष्ट्रियसभा उपाध्यक्ष

2025-07-04
काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले नागरिकता ऐन, २०६३ को संशोधन विधेयकलाई आवश्यक सुधार गरेर शीघ्र पारित गर्नुपर्ने बताउनुभएको छ ।
महिला कानुन र विकास मञ्चद्वारा आज यहाँ आयोजित नागरिकता विधेयकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष घिमिरेले संविधानले व्यवस्था गरेका प्रावधानलाई ऐनमार्फत कार्यान्वयन गर्न विधेयकमा आवश्यक परिमार्जन गरेर अघि बढ्न सकिने बताउनुभयो । उहाँले सभासदस्यलाई यस विधेयकमाथि छलफलमा केन्द्रित हुन आग्रह गर्नुभयो ।
“विधेयक पारित गर्न ढिला भएको छ । धेरै नागरिकले दुःख पाउनुभएको छ”, उपाध्यक्ष घिमिरेले भन्नुभयो, “नागरिकता विधेयक सभामा आइपुगेको छ । नागरिकता नबन्ने अवस्थामा बन्ने तर बन्नसक्ने अवस्थामा पनि नबनाइदिने प्रवृत्ति छ । यस्ता समस्या यो विधेयक पारित भएपछि समाधान हुन्छ भन्ने विश्वास छ ।”
विधेयकमाथि विषयका हिसाबले सबै राजनीतिक दल नीतिगत र सैद्धान्तिक रुपमा प्रष्ट भए पनि भाषागत त्रुटिहरुप्रति संवेदनशील बन्न उपाध्यक्ष घिमिरेले सचेत गराउनुभयो ।
“केही शब्द बिग्रिने हो कि भन्ने डर हो । कहिलेकाहीँ कानुनका शब्दले पनि अन्योलता ल्याउन सक्छ । ‘र’ , ‘वा’ लाई ख्याल नगर्दा नागरिकता जस्तो संवेदनशील विषयमा समस्या हुन सक्छ”, उहाँले भन्नुभयो ।
उपाध्यक्ष घिमिरेले जिल्ला प्रशासन कार्यालयका कर्मचारीले पछिल्ला परिवर्तनलाई आत्मसात् गर्न सक्नुपर्ने बताउनुभयो । कतिपय अवस्थामा कानुन भए पनि इच्छाशक्तिको अभावमा समस्या देखिएको उहाँको भनाइ थियो ।
“नागरिकता नागरिकले पाउने परिचयपत्र मात्र नभएर राजनीतिक, आर्थिक र सामाजिक अधिकारसँग जोडिएको विषय हो । व्यक्ति राज्यसँग वैधानिक रुपमा जोडिने कुरा पनि हो”, उपाध्यक्ष घिमिरेले भन्नुभयो ।
अन्तरक्रियामा मञ्चका निर्देशक अधिवक्ता सविन श्रेष्ठले विधेयकलाई चाँडो पारित गर्न सभासदस्यहरुसमक्ष आग्रह गर्नुभयो । उहाँले विधेयकमा स्वघोषणाको दण्ड सजाय हटाउन सुझाव प्रस्तुत गर्दै नागरिकता बनाउँदा जवाफदेहीता र पारदर्शिता हुनुपर्नेमा जोड दिनुभयो । अधिवक्ता एवं सभासदस्यहरुले व्यवस्थापकीय पक्षमा सुधारको आवश्यकता आँैल्याउनुभयो । उहाँहरुले विधेयक पारित भएसँगै नागरिकता प्राप्तिका व्यावहारिक समस्या सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो ।
उक्त विधेयक केही समयअघि प्रतिनिधिसभाको बैठकले आमाका नामबाट नागरिकता दिने व्यवस्थासहित पारित गरेको थियो । विधेयकलाई राष्ट्रियसभामा पठाइएको छ । दुवै सदनबाट पारित र प्रमाणित भएपछि प्रामाणीकरणको प्रक्रियामा जानेछ ।
बाबुको नागरिकताका आधारमा कुनै विदेशी मुलुकको नागरिकता नलिएको भनी निजले तोकिएबमोजिम गरेको स्वघोषणासम्बन्धी व्यवस्था गरेको छ । नागरिकताका लागि निवेदन दिँदाका बखत त्यस्तो व्यक्तिको आमाको मृत्यु भइसकेको वा होस ठेगानमा नरहेको अवस्थामा सोको प्रमाणसहित निवेदनकले गरेको स्वघोषणा संलग्न गर्नुपर्नेछ ।
नागरिकताबारे सर्वोच्च अदालतले विभिन्न समयमा जारी गरेका आदेश कार्यान्वयनका लागि विधेयक अघि बढाइएको हो । बुवाको मृत्यु भएको, पत्ता नलागेको वा नागरिकताका लागि सहयोग नगरेमा पनि आमाकै नामबाट नागरिकता लिन पाउने व्यवस्था समेटिएको छ ।
आमा वा बुवाले जन्मका आधारमा नागरिकता पाएको तर आमा वा बुवामध्ये एक सम्पर्कमा नरहेको अवस्थामा पनि सन्तानले नागरिकता पाउने बाटो खुल्ने विधेयकमा व्यवस्था छ । वैदेशिक रोजगारमा गएका र जन्म दिएर सन्तानसँगै नेपाल फर्केका नागरिकका सन्तानलाई पनि अङ्गीकृत नागरिकता प्रदानको व्यवस्था गरिएको छ ।
आमा वा बुवा एकजना नागरिक भएको र सन्तानले कस्तो नागरिकता पाउने भन्ने निक्र्यौल नभएको अवस्थामा बालिग नहुँदासम्म नाबालक परिचयपत्र जारीको व्यवस्था पनि विधेयकमा गरिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले