2026-10-05 05:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कांग्रेस नेता निधी भन्छन् -एमालेले सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार पनि पालना गरेन

काठमाडौँ । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाएका छन्।

जनकपुरमा शनिबार पार्टीका नेता, कार्यकर्ताहरुसँगको भेटका क्रममा उनले नेपाली कांग्रेस सहमति र सामूहिक अभियानको लागि सधैँ तयार रहेको तर एमाले भने सहमति र सामूहिक अभियानमा जोडिन नखोजेको बताएका हुन्।

एमालेले नगरपालिकाको बजेट ल्याउनसमेत समस्या सिर्जना गरिरहेको उनको आरोप छ। मेयरको अधिकार कटौति गर्नेगरी कार्यविधि बनाउन दिने भन्दै कतिपय नगरपालिकाहरुमा अवरोध गरेको आरोप लगाए।

‘नारायण नगरपालिकामा एमालेले बजेट पारित गर्न दिएको छैन, बैठक बस्न दिइरहेको छैन । मेयरको अधिकार कटौति गर्नेगरी कार्यविधि बनाउनुस् रे । प्रधानमन्त्रीको अधिकार कटौति हुनेगरी क्याबिनेटको नियम बनाउँदा मान्छ । सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार पनि पालना भइरहेको छैन । सामूहिक सरोकारको विषयमा अवरोध भइरहेको छ,’ उनले भने।

सांसद निधीले राजनीतिक प्रतिशोधका कारण नेताहरु एउटाले ल्याएका योजनाहरु ल्याउन नदिने वा अवरोध गर्ने काममा लागेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड