2026-09-14 01:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नेपाल विद्युत् प्राधिकरणको ठेक्का विवाद: सांसद तामाङविरुद्ध पक्राउ पुर्जी

काठमाडौँ । बागमती प्रदेशसभा सदस्य डम्बर तामाङसहित ६ जनाविरुद्ध ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङको जाहेरीपछि उनीहरूमाथि आपराधिक विश्वासघातको आरोप लागेको हो।

तामाङ, जो कुलमान घिसिङका काका ससुरा हुन्, पूर्वसहकारी मन्त्रीसमेत भइसकेका छन्। आरोप अनुसार, घिसिङले कार्यकारी निर्देशक रहँदा तामाङको कम्पनी प्रो-सोलुसन्स लाई अवैध रूपमा लेबर कन्ट्रयाक्ट दिलाउन दबाब दिएका थिए। चीनको पिगाओ ग्रुप ले ठेक्का पाएको १ अर्ब ११ करोडको परियोजनामा सहन इन्जिनियरिङले ६६ करोड लगानी गरिसकेको भए पनि घिसिङको दबाबमा तिर्नुपर्ने रकम प्रो-सोलुसन्स लाई दिइएको थियो, जसले सहन इन्जिनियरिङलाई भुक्तानी नगरेको आरोप छ।

पक्राउ पुर्जीमा तामाङसहित प्रो-सोलुसन्स का सन्तोष पौडेल, संचिता श्रेष्ठ, राजेन्द्र अवस्थी, सरोज शाही र दिनेशकुमार यादव पनि परेका छन्। उच्च अदालत पाटनले पनि उनीहरूको निवेदन खारेज गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले