2026-10-05 06:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूमि विधेयक संसदको कार्यसूचीमा : कांग्रेसका दुई महामन्त्री आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमि विधेयक फिर्ता लिएर सहमति जुटाउनुपर्ने बताएका छन् । संसद सचिवालयले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित गर्ने गरी संसदको कार्यसूचीमा राखेपछि शर्माले विधेयकमाथि थप छलफल हुनुपर्ने बताएका छन् ।

भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक स्वयंमा संशोधन गरेर सहमति जुटाउन जरुरी छ । पर्याप्त गृहकार्य नगरी सोझै पारित गर्नेगरी संसदमा प्रस्तुत हुन लागेको भन्दै उनले विमति राखेका छन् । पूर्वसहमति खोज्नुपर्ने वा थप छलफलका लागि समितिमै विधेयकलाई पठाउन सकिने उनले विकल्प राखेका छन् ।

महामन्त्री शर्माले भूमि विधेयक लटरपटर तरिकाले पारित गर्न नहुने विचार राखेका छन् । उनले भने,‘पूर्व सहमति खोजौं कि समितिमा पठाउँ । अन्यथा, आजलाई कार्यसूचीबाट हटाइयोस् ।’

आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ लाई दफावार छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।

उक्त विधेयकमाथि प्राप्त संशोधनहरू निणायार्थ प्रस्तुत गर्ने र मन्त्री अधिकारीले विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

कांग्रेसका दुई महामन्त्री गगन थापा र शर्माले विधेयकमा संशोधन प्रस्ताव राखेका छन् । हदबन्दीभन्दा बढीको जग्गा पतञ्जली योगपीठ र गिरीबन्धु टी इस्टेटमा दुरुपयोग भएकाले त्यस्तो हुन नदिने कानुनी व्यवस्था हुनुपर्ने उनीहरुको माग छ । दुई महामन्त्री थापा र शर्माले घरजग्गा व्यवसायको हदबन्दी छुटसम्बन्धी विशेष व्यवस्था शीर्षक राख्नुपर्ने संशोधन प्रस्ताव राखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै