2026-10-05 06:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेटवार्ता

2025-07-09
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभलबीच शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज उपराष्ट्रपति कार्यालय लैनचौरमा भएको भेटवार्तामा उहाँहरूबीच शुभकामना आदानप्रदानका साथै नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध, साझेदारीका विविध आयाम तथा भावी सहकार्यको सम्भावनाबारे महत्त्वपूर्ण छलफल भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।
उपराष्ट्रपति यादवले सन् १९४९ मा दुवै मुलुकबीच स्थापना भएको कूटनीतिक सम्बन्ध सुमधुर रहँदै आएको स्मरण गर्दै भन्नुभयो, “हाम्रो मित्रवत् सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित छन् ।” उहाँले फ्रान्सको स्वतन्त्रता, समानता र भ्रातृत्वको आधारभूत मूल्यको प्रशंसा गर्दै ती मूल्यले नेपालका राजनीतिक आन्दोलन तथा सङ्घर्षमा उत्प्रेरकको भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो ।
नेपालको पूर्वाधार विकासमा युरोपेली सङ्घमार्फत फ्रान्सले दिएको दीर्घकालीन सहयोगप्रति आभार व्यक्त गर्दै उपराष्ट्रपति यादवले आगामी दिनमा दुई देशबीचको सम्बन्ध जनताको हितमा केन्द्रित रहँदै थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले फ्रान्सको आगामी राष्ट्रिय दिवसका अवसरमा फ्रान्सेली राष्ट्रपति तथा जनताप्रति सुख, शान्ति र समृद्धिको शुभकामना पनि व्यक्त गर्नुभयो ।
नेपालका लागि फ्रान्सका राजदूत कोर्टेभलले नेपाल र फ्रान्सबीचको सम्बन्ध र भ्रातृत्व प्रेम, साझा लक्ष्य र धारणामा आधारित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो कार्यकालमा दुई देशबीचको सुमधुर सम्बन्धलाई थप उचाइमा पुर्‍याउने प्रयास रहनेछ ।”
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै