2026-10-05 06:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभामा बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत

2025-07-09

काठमाडौँ । प्रतिनिधिसभामा ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले उक्त विधेयक प्रस्तुत गर्नुभयो ।

त्यसक्रममा मन्त्री सुडीले बाललिकाका लागि संविधान प्रदत्त मौलिक हकको कार्यान्वयन गर्नका लागि सो सम्बन्धी ऐनलाई समसामयिक परिमार्जन गर्न आवश्यक भएको बताउनुभयो । “बाल न्याय प्रणालीलाई सहज, सरल र बालमैत्री बनाउन तथा बाल संरक्षण प्रणालीलाई संस्थागत र सुदृढ गर्दै बालअधिकारको सबै पक्षलाई सन्तुलन कायम गर्न आवश्यक परेकाले उक्त विधेयक संशोधन गर्न लागिएको हो”, मन्त्री सुडीले भन्नुभयो ।

त्यसअघि मन्त्री सुडीले सो विधेयक प्रस्तुत गर्न अनुमति माग्नेसम्बन्धी प्रस्ताव राख्नुभएको थियो । बैठकको अध्यक्षता गर्नुभएका उपसभामुख इन्दिरा रानाले उक्त प्रस्तावमाथि कुनै पनि सांसदको विरोधको सूचना प्राप्त नभएकाले सो विधेयक प्रस्तुत गर्न मन्त्री सुडीलाई अनुमति दिनुभएको थियो ।

बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले समितिको वार्षिक प्रतिवेदन (आव २०८०/८१) पेस गर्नुभयो ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै