भदौ २४, पोखरा । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले बिपी कोइरालाको विचारलाई आत्मसात् गरेर अघि बढे मात्रै देश अघि बढ्न सक्ने बताउनुभएको छ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २४, पोखरा । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले बिपी कोइरालाको विचारलाई आत्मसात् गरेर अघि बढे मात्रै देश अघि बढ्न सक्ने बताउनुभएको छ । 

<"/>
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिपीको विचार आत्मसात् गरे देश अघि बढ्छ: कोइराला

२०७४, २४ भाद्र शनिबार ०६:५०

भदौ २४, पोखरा । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले बिपी कोइरालाको विचारलाई आत्मसात् गरेर अघि बढे मात्रै देश अघि बढ्न सक्ने बताउनुभएको छ । 

एक सय तीनौँ बिपी जयन्तीका अवसरमा काँग्रेस पोखरालेखनाथ महानगरपालिका–२६ वडा समन्वय समितिको आयोजनामा आज बिपी कुञ्ज उद्यानमा भएको प्रवचन कार्यक्रममा उहाँले २०१५ सालमा पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीको प्रधानमन्त्रीत्वकालदेखि नै नेपालमा विकास निर्माणको थालनी हुन सकेको हो भन्नुभयो । 

डा कोइरालाले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काँग्रेसलाई बहुमत दिलाएर बिपीको सपना पूरा गर्नेतर्फ कार्यकर्ता अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । 

सो अवसरमा बिपी चिन्तन प्रतिष्ठानका केन्द्रीय अध्यक्ष श्रीहर्ष कोइरालाले बिपीको चिन्तन र मननलाई आत्मसात् गर्न सके देशले छिट्टै विकासको फड्को मार्न सक्ने विचार व्यक्त गर्नुभयो । 

वडा समन्वय समितिका सभापति कृष्णमोहन भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल महिला संघ कास्कीका सभापति कोपिला रानाभाट, डा तुल्सी भट्टराई, निर्मला ढुंगाना, चिनियाँ थापालगायतले बिपीको योगदानमाथि प्रकाश पार्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण