2026-10-05 01:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

उत्पीडित समुदायको राजनीतिक, आ‘र्थिक र सामाजिक विकास हुनुपर्छ

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले समग्र देशको विकास गर्न दलित, पछाडिपरेका वर्ग, थारु, आदिवासी, जनजाति र अलपसङ्ख्यक समुदायको राजनीतिक, आर्थिक र सामाजिक विकास गर्नुपर्ने बताउनुभएको छ ।
दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसङ्ख्यक परिषद्ले आज यहाँ आयोजना गरेको ‘समानता र सामाजिक न्यायको अधिकार’ विषयक अन्तक्र्रियामा उहाँले समाजमा पछाडि परेका समुदायको राज्यका हरेक संरचनामा अर्थपूर्ण सहभागिता हुनुपर्ने माग गर्नुभयो ।
उहाँले भन्नुभयो, “समाजमा सबैभन्दा पिँधमा र उत्पीडनमा परेका भनेको दलित समुदाय हो, उनीहरू राजनितिक बहिष्करणमा परेका छन्, राज्यको स्रोतसाधनबाट उहीहरू अलग छन् । जनसङ्ख्याको आधारमा राज्यका संरचनामा उनीहरूको उल्लेख्य र सक्रिय सहभागिता हुनुपर्छ ।”
पार्टीका सह–अध्यक्ष रकम चेम्जोङले मुलुकको राजनीतिक व्यवस्थामा परिवर्तन भएपनि दलित, जनजातिलगायत उत्पीडित समुदायको अवस्थामा परिवर्तन हुन नसकेको बताउनुभयो ।
पार्टीका उपाध्यक्ष विधुर ब्रजाचार्यले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रतिनिधिसभा र राष्ट्रियसभामा समान जनसङ्ख्याका आधारमा प्रतिनिधित्वको व्यवस्था र स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र रहने व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।
नेपालमा सदियौँदेखि कायम रहिआएको जात, जाति, वर्ग, वर्ण र लिङ्ग अर्थात् वर्गीय, जातीय, भाषिक, क्षेत्रीय, लैङ्गिक व्यवस्थाजन्य शोषण, उत्पीडन, असमानता, बहिष्करण तथा सीमान्तीकरण र विभेद्लाई व्यवहारिक रूपमा उन्मूलन गर्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीका महासचिव लालबाबु राउत अधिकार प्राप्तिको लागि महिला, आदिवासी जनजाति, मधेशी, दलित र उत्पीडित समुदायले एकीकृत रूपमा सङ्घर्ष गर्नुपर्ने बताउनुभयो । राष्ट्रियसभाका सदस्य मोहम्मद खालिदले राज्यले मुस्लिम समुदायलाई वेवास्ता गरेको गुनासो गर्नुभयो ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य