2026-10-05 11:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

2025-07-15
काठमाडौँ |  राष्ट्रियसभाका सदस्यहरुले छाउपडी प्रथाको अन्त्य, सिँचाइको व्यवस्था, विद्युत् बक्यौता उठाउने र विपद्मा जोखिम न्यूनीकरणलगायत समसामयिक विषयमा सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सभाको आजको बैठकमा विशेष समयमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले अन्नको आयात बढ्नेतर्फ सङ्केत गर्दै अन्नभण्डारको व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले मलखाद, बीउ र सिँचाइको उपलब्धता गराउन सरकारसँग माग गर्दै सुनकोशी मरिन डाइभर्सन, सुनकोशी कमला डाइभर्सन, चन्द्र नहर र बाग्मतीको व्यवस्थापन गर्न सुझाव दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले अहिलेको अर्थतन्त्रको पुनःसंरचनाको आवश्यकता औँल्याउनुभयो । उहाँले सामुदायिक अर्थतन्त्रका सम्भावनबारे चर्चा गर्दै यसले नेपालको विशिष्टता र मौलितकतामा वस्तुवादी र सान्दर्भिक हुने धारणा व्यक्त गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद जयन्तीदेवी राईले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा सर्पले डसेर ज्यान गुमाएकी कमला आउजीको घटनाको उदाहरण दिँदै त्यस्तो कुप्रथाको निरन्तरतालाई कुनै किसिमबाट प्रशय नदिन आग्रह गर्नुभयो । उहाँले बालिका तथा महिलाको सुरक्षाको प्रत्याभूतिका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका सांसद दुर्गाकुमारी गुरुङले कञ्चनपुरको कृष्णपुर नगरपालिकाको छाउगोठमा महिलाको मृत्युबारे छानबिन गर्न माग गर्नुभयो । उहाँले छाउपडी गोठ पुनःनिर्माणमा रोक लगाउनुपर्ने बताउनुभयो ।
जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले हज गर्न जानेहरुको आकस्मिक उपचार, यातायात खर्चलगायत विषयमा सभाअध्यक्षमार्फत गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराउनुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद शेखरकुमार सिंहले ‘डाइर्भसन’कोे अभावले किसान सिँचाइ पम्पिङ सेट चलाएर खेती गर्न बाध्य भएका बताउनुभयो । उहाँले मधेश प्रदेशमा सिँचाइको अभावबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “देशको पुरानो चन्द्र नहरमा पानीको खाँचोमा पूर्ण रुपमा सिँचाइ  सुविधा दिन सकेको छैन । यसमा निर्भर किसान प्रभावित हुँदै आएका छन् ।”
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद राजेन्द्रलक्ष्मी गैरेले सिद्धबाबा सुरुङमार्ग  जोखिमपूर्ण भएको र दाउन्ने सडकखण्ड अवरुद्ध भएकोतर्फ सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । नेकपा (माओवादी केन्द्र) का सांसद राधेश्याम पासवानले नियमअनुसार नेपाल विद्युत् प्राधिकरणले विद्युत् बक्यौता उठाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उद्योगबाट बक्यौता उठाउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । “हामीले एक सय, एक हजार, दुई हजार रुपैयाँ नागरिकले तिर्न नसके विद्युत् कटौती गर्छौं तर उद्योगहरुसँग अर्बौं रुपैयाँ अझ पनि उठाउन सकेका छैनौँ”, सांसद पासवानले भन्नुभयो ।
नेकपा (एमाले) का सांसद सोनामग्याल्जेन शेर्पाले नेपालभित्र बाहेक चीनबाट हिमताल विस्फोट भएर आउन सक्ने सम्भावनाबारे अध्ययन र बहसको आवश्यकता औँल्याउनुभयो । चीनसँगको समन्वयमा नेपालको  मौसम अनुमान प्रणाली जोडेर विश्लेषण हुनुपर्ने उहाँको भनाइ थियो । सांसद शेर्पाले हिमाल तथा हिमतालहरुको संरचना र अवस्थाबारे अध्ययनको खाँचो औँल्याउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो