2026-08-23 07:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी काम छाडेर उहाँ धेरै बाहिर बस्नुभयो,पार्टीको नेतृत्व गर्ने सपना नदेख्दा हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको नेतृत्व ह स्तान्तरण गर्न नसकिने बताएका छन् ।

पत्रकार विजयकुमार पाण्डेसँगको अन्तर्वार्तामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

कतिपयले केपी शर्मा ओलीकै चाहनामा भण्डारी अघि बढेको हुन सक्ने आकलन गरिरहेका बेला ओलीले त्यसलाई खण्डन गर्दै भनेका छन्– अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन । उहाँ राजनीतिमा आउनुहुन्छ भनेर पार्टीले मानेको छैन । ठानेको छैन । पार्टी काम छाडेर उहाँ धेरै बाहिर बस्नुभयो ।”

उनले पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा प्रवेश गर्ने कुरालाई पार्टीले उपयुक्त समयमा निर्णय गर्ने बताए ।

चीनले नेपालका कम्युनिष्टलाई एक बनाउने प्रयास गरेको बारेमा पनि पाण्डेले सोधेको प्रश्नमा ओलीको जवाफ थियो– नेकपा एमाले गोलबन्द छ त । फेरि कसलाई ? यो यस्तो हाइपोथेसिस र हिपोक्रेसीमा म विश्वास गर्दिनँ । एकता गरेर तर मारेका क्रिमियरहरुलाई फेरि ल्याएर पार्टीले के लाभ लिन्छ ? कम्युनिष्ट पार्टीलाई लाइट बालेर खोज्दा पनि नभेटिने बनाइदिन्छु भन्नेलाई फेरि ल्याउने ?”

उनले भण्डारी पार्टीको उपाध्यक्ष भएका बेलामा राजीनामा गराएर राष्ट्रपति बनाएको स्मरण गर्दै ओलीले अहिले एमालेको राजनीतिमा फर्किनेबारेमा उहाँले केही सल्लाह नगरेको बताए ।

“विद्याजीको हकमा उहाँले कहाँ–कहाँ परामर्श गर्नुभयो । कतै त गर्नुभयो होला परामर्श नभई पार्टी अध्यक्ष म छु । पार्टीसँग उहाँको कुनै प्रस्ताव आएन– म राजनीतिमा फर्केर आउँछु, कसरी काम गरौँ । म राजनीतिमा आउन मिल्छ कि मिल्दैन ? आउँ कि नआउँ ? भनेर उहाँले छलफल गर्नुभएको छैन । देशलाई फाइदा हुन्छ कि हुँदैन ? प्रणालीगत हिसाबले के हुन्छ ? भनेर उहाँले सल्लाह गर्नुभएको छैन । फेरि फर्किएर सक्रिय राजनीतिमा आउँदा सर्वमान्य नेताबाट दल विशेषको नेता हुन आउँदा के हुन्छ भन्ने विषयमा विचार विमर्श गरौँ भनेर भन्नुभएको छैन ।”

उनले अरुसँग सल्लाह गरेको भए आफूलाई थाहा नभएको बताउँदै भनेका छन्– अरुसँग गरेको भए मलाई थाहा छैन । मसँग सल्लाह गर्नुभएको छैन । पार्टीमा आधिकारिक ढंगले छलफल गर्नुभएको छैन । उहाँको विषयमा पार्टीले निर्णय गर्नुपर्छ । उहाँ आफ्नै हिसाबले जानुभएको होइन, हामीले पठाएको हो । पार्टी छाडेर जानुभएको हो । त्यसैले पार्टीले निर्णय त गर्नैपर्छ । उहाँले प्रश्न उठाएर आउँछु भनेपछि आउन हुन्छ कि हुँदैन ? समाज र व्यवस्थामा के असर पर्छ ? उहाँकै जीवनमा के असर पर्छ उहाँमाथि गरिनुपर्ने निर्णय पार्टीले गर्छ नै । यो हेर्नुपर्छ, सल्लाह गर्नुपर्छ । उहाँ आफैँले विचार गर्नुपर्छ । हामीले पनि जानकारी प्राप्त गरेका छौँ । सार्वजनिक ढंगले आउँछु भनेका कुराहरु । उहाँसँग हामीले सोध्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो