2026-10-05 05:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

७० वर्षे उमेरहद हटाउने एमालेको निर्णयमा ईश्वर पोखरेलको असहमति

काठमाडौँ | नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको सचिवालय बैठकले पास गरेको ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था केन्द्रीय कमिटीले थप परिमार्जन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पोखरेलले विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानलाई केन्द्रीय कमिटीले थप परिमार्जन गर्नुपर्ने बताएका हुन् ।

‘पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गम्भीरताका साथ छलफल गरियो,’ उनले लेखेका छन्, ‘आज पोलिटब्युरो सदस्यहरूका बीचमा छलफल हुनेछ । पोलिटब्युरोका सम्पूर्ण कमरेडहरू गम्भीरताका साथ छलफल बहसमा सहभागी हुनुहुनेछ र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्‍याउनु हुनेछ ।’

 

बिहीबार राति अबेरसम्म बसेको सचिवालयको बैठकले ७० वर्षे उमेरहद र दुई कार्यकालसम्बन्धी व्यवस्था हटाउने निर्णय पनि गरेको थियो । बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी उम्मेदवार हुन नपाउने व्यवस्था हटाउने प्रस्ताव पेस गरेका थिए । बैठकले उक्त प्रस्तावलाई अनुमोदन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

एमालेमा ७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी उम्मेदवार हुन पाउने/नपाउने भन्ने विषयमा विवाद थियो । बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी एउटै पदमा उम्मेदवार हुन नपाउने व्यवस्था कायम हुनुपर्ने अडान राखेका थिए । तर, बैठकले बहुमतका आधारमा ७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी उम्मेदवार हुन नपाउने व्यवस्था हटाउने निर्णय लिएको हो ।

यस्तै, बैठकले १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय पनि गरेको छ । उपाध्यक्ष पौडेलले ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेका थिए । तर, बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको आकार केही बढाएर १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको उपमहासचिव ज्ञवालीले बताए ।

अब एमालेमा सचिवालय भने रहने छैन । सचिवालयको सट्टा पदाधिकारी नै स्थायी कमिटीका रूपमा काम रहेर कामा गर्ने गरी प्रस्ताव पास भएको छ । यसैगरी, पोलिटब्युरो भने ८४ सदस्यीय हुनेछ । अब सचिवालयले पास गरेको प्रस्तावमाथि केन्द्रीय कमिटीमा छलफल हुनेछ । त्यसपछि २०-२२ भदौसम्म ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनले उक्त प्रस्तावलाई अनुमोदन गरेपछि नयाँ विधान कार्यान्वयनमा जानेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर