2026-10-05 10:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले कांग्रेसको मूल्यमान्यतामा आक्रमण गरिरहेको छ : शेखर कोइराला

काठमाडौँ | नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सत्ता नेतृत्वकर्ता नेकपा एमालेले पार्टीको मूल्यमान्यतामाथि आक्रमण गरेको टिप्पणी गरेका छन्। ४३औं बीपी स्मृति दिवसमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले एमालेले कांग्रेसको मूल्यमान्यतामा आक्रमण गरेको बताएका हुन्।

संघीय निजामती विधेयकमा कुलिङ पिरियड राख्न नहुने नेकपा एमालेको अडानको प्रसंग निकाल्दै कोइरालाले भने, ‘सच्याउने नाममा राष्ट्रिय सभामा एमालेका सांसदहरूले उल्टै कुलिङ पिरियड हटाउनुपर्छ भनेर लेख्ने भनेको कांग्रेसको मूल्यमान्यतामा आक्रमण गरेको हो कि होइन? जसरी सभापतिले टेक एण्ड पेमा अडान लिनुभएको थियो, त्यो अडान चाहिएको छ हामीहरूलाई।’

कुलिङ पिरियडको विषयमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यो कुराहरू स्वीकार्न सकिँदैन भनेर भन्न सक्नुपर्ने उनको भनाइ छ।

 

‘हामीहरूले बोल्यौं कुलिङ पिरियडमा? अहिले पनि सभापतिजीले प्रधानमन्त्रीलाई राखेर भन्नुपर्छ- यो स्वीकार्य हुन्न फटाफट गर्नुस् भनेर,’ उनले भने, ‘गल्ती हामीबाट पनि भएको छ, कांग्रेसका सांसद, मेरो र राज्य व्यवस्था समितिका साथीहरूको पनि गल्ती छ, राज्य व्यवस्थाको सभापतिले किन हेरेन? गल्ती छ।’

उनले पार्टीले ह्विप लगाउँदा किन लगाएको भनेर प्रश्न गर्ने ठाउँ निस्किएको पनि बताए।

‘प्रतिनिधि सभाले संवैधानिक विधेयक पास गर्‍यो, हामीहरूले पास गर्‍यौँ, राष्ट्रिय सभाले त्यसलाई परिमार्जन गरेर पठायो, हामीहरूले दुई दिन रोक्यौं, अनि कांग्रेसको प्रमुख सचेतकले ह्विप लगाउनुपर्‍यो, ह्विप लागेपछि हामीसँग उपाय छैन, हामीले गर्नैपर्छ। किन ह्विप लगाएको भनेर प्रश्न गर्ने कि नगर्ने यी कुरामा? यो मुद्दा त अदालतमा जान्छ-जान्छ, त्यति कुरा कांग्रेसका चिफलाई थाहा छैन? लगाउन हुन्थ्यो ह्विप? यो गम्भीर विषय छ,’ उनले भने ‘यो विषयले गर्दा कांग्रेसको मुटुमा, ‘कोरभ्यालु’मा एमालेले हामीहरूलाई आक्रमण गरिराखेको छ। हामी चुपचाप लागेर बसिरहेका छौँ, बीपी भएको भए यो कुरा स्वीकार गर्नु हुँदैनथ्यो, त्यो बुझौँ हामीहरूले।’

उनले निर्वाचन प्रणाली यस्तै छ प्रधानमन्त्रीले जे भन्यो त्यो मानौँ भनेर बीपीले नभनेको भन्दै देउवालाई व्यंग्य पनि गरे।

उनले भूमिसम्बन्धी विधेयक समितिमा नलगी एमालेले किन पारित गर्न हतार गरिरहेको छ भन्नेबारे ध्यान दिन पनि आग्रह गरे। त्यस्तै उनले भ्रष्टमन्त्रीको विषयमा बोल्न कांग्रेसका नेताहरू लाछी भएको पनि बताए।

‘भूमिसम्बन्धी विधेयक समितिमा जान्थ्यो, भ्रष्ट मन्त्रीहरू एक जनाले त राजीनामा दिनुभयो, अझै एक जना बाँकी हुनुहुन्छ, कांग्रेसका साथीहरू कति लाछी भइसकेका रहेछन्, एमाले कास्कीका जिल्ला समितिले भूमि मन्त्री बलराम अधिकारीले राजीनामा दिनुपर्छ भनेको छ, तर हामी चुप लागेर बसेका छौं,’ उनले भने, ‘योभन्दा लाछीपन के हुन्छ हाम्रो? कांग्रेस विचारमा कमी छैन, तर कांग्रेसको मूल्यमान्यतामा जबसम्म हामी अड्दैनौं यस्ता समस्या आइरहन्छ। भूमि विधेयक के हतार छ पारित गर्न? आजभोलि नै पास गर्न? किन समितिमा छलफल गर्न एमालेका सांसदहरू डराइरहेका छन्?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर