१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा एमाले र नेपाली कांग्रेसबीचको वर्तमान सहकार्य राजनीतिक स्थिरताका लागि भएको :पर्यटनमन्त्री पाण्डे

१२ श्रावण २०८२, आईतवार १५:१२

काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेकपा एमाले र नेपाली कांग्रेसबीचको वर्तमान सहकार्य राजनीतिक स्थिरताका लागि भएको बताएका छन्। आइतबार बालुवाटारमा बिपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै उनले यो सहकार्य र प्रतिस्पर्धा दुवै काम गर्नका लागि भएको स्पष्ट पारे।

मन्त्री पाण्डेका अनुसार, वर्तमान गठबन्धनलाई २०८४ सालसम्म लैजाने र २०८४ को निर्वाचनमा दुई दल स्वस्थ प्रतिस्पर्धा गर्ने अठोटका साथ अघि बढिरहेका छन्। उनले दुई पार्टीबीचको प्रतिस्पर्धा कांग्रेस वा एमालेबाट सरकारमा गएका कुन मन्त्रीले राम्रो काम गरे भन्नेमा केन्द्रित हुने बताए।

“म पार्टीको फोरममा र प्रधानमन्त्रीज्यू भएको फोरममा पनि भन्ने गर्दछु,” उनले भने, “दुई वटा पार्टी नेपाली कांग्रेस र नेकपा एमाले पार्टी सहकार्य र प्रतिस्पर्धा दुवै गर्नका निम्ति तत्परताका साथ एक ठाउँमा उभिएका छौँ। हामी सहकार्य २०८४ सम्म यही गठबन्धनलाई लिएर जाने कुराका लागि सहकार्य गर्दछौँ। २०८४ को निर्वाचनमा दुई वटा दल स्वस्थ प्रतिस्पर्धा गर्ने प्रयोजनका निम्ति हामीले यो अठोटका साथ अघि बढेका छौँ। २०८४ सम्म पुग्दा हाम्रो प्रतिस्पर्धा कसले बढी राम्रो ग¥यो भन्ने हो। कांग्रेसबाट गएका मन्त्रीहरूले राम्रो गरे कि, एमालेबाट गरेका मन्त्रीहरूले राम्रो गरे भन्ने हो। कांग्रेसबाट बन्ने प्रधानमन्त्रीले राम्रो गर्नुहुन्छ कि अहिले नेतृत्व गरिरहनुभएका प्रधानमन्त्रीले राम्रो गर्नुहुन्छ। २०८४ सम्मको सहकार्य राजनीतिक स्थिरताका लागि हो।”मन्त्री पाण्डेले साहित्यमा बिपी कोइरालाको योगदान अविस्मरणीय रहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का