2026-10-05 09:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा एमाले र नेपाली कांग्रेसबीचको वर्तमान सहकार्य राजनीतिक स्थिरताका लागि भएको :पर्यटनमन्त्री पाण्डे

काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेकपा एमाले र नेपाली कांग्रेसबीचको वर्तमान सहकार्य राजनीतिक स्थिरताका लागि भएको बताएका छन्। आइतबार बालुवाटारमा बिपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै उनले यो सहकार्य र प्रतिस्पर्धा दुवै काम गर्नका लागि भएको स्पष्ट पारे।

मन्त्री पाण्डेका अनुसार, वर्तमान गठबन्धनलाई २०८४ सालसम्म लैजाने र २०८४ को निर्वाचनमा दुई दल स्वस्थ प्रतिस्पर्धा गर्ने अठोटका साथ अघि बढिरहेका छन्। उनले दुई पार्टीबीचको प्रतिस्पर्धा कांग्रेस वा एमालेबाट सरकारमा गएका कुन मन्त्रीले राम्रो काम गरे भन्नेमा केन्द्रित हुने बताए।

“म पार्टीको फोरममा र प्रधानमन्त्रीज्यू भएको फोरममा पनि भन्ने गर्दछु,” उनले भने, “दुई वटा पार्टी नेपाली कांग्रेस र नेकपा एमाले पार्टी सहकार्य र प्रतिस्पर्धा दुवै गर्नका निम्ति तत्परताका साथ एक ठाउँमा उभिएका छौँ। हामी सहकार्य २०८४ सम्म यही गठबन्धनलाई लिएर जाने कुराका लागि सहकार्य गर्दछौँ। २०८४ को निर्वाचनमा दुई वटा दल स्वस्थ प्रतिस्पर्धा गर्ने प्रयोजनका निम्ति हामीले यो अठोटका साथ अघि बढेका छौँ। २०८४ सम्म पुग्दा हाम्रो प्रतिस्पर्धा कसले बढी राम्रो ग¥यो भन्ने हो। कांग्रेसबाट गएका मन्त्रीहरूले राम्रो गरे कि, एमालेबाट गरेका मन्त्रीहरूले राम्रो गरे भन्ने हो। कांग्रेसबाट बन्ने प्रधानमन्त्रीले राम्रो गर्नुहुन्छ कि अहिले नेतृत्व गरिरहनुभएका प्रधानमन्त्रीले राम्रो गर्नुहुन्छ। २०८४ सम्मको सहकार्य राजनीतिक स्थिरताका लागि हो।”मन्त्री पाण्डेले साहित्यमा बिपी कोइरालाको योगदान अविस्मरणीय रहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर