2026-10-05 08:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० वर्षको अवधिमा मुलुकको अवस्थामा आमूल परिर्वन देखिएको : देवेन्द्र दाहाल

काठमाडौँ | भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले १० वर्षको अवधिमा मुलुकको अवस्थामा आमूल परिर्वन देखिएको बताउनुभएको छ । सिद्धिश्रमान अक्षलोक साहित्य केन्द्रद्वारा आज ललितपुरमा आयोजित सम्मान अर्पण र पुरस्कार समर्पण कार्यक्रममा मन्त्री दाहालले १० वर्षअघिको नेपाल र अहिलेको नेपालमा उल्लेखनीय रुपमा सकारात्मक परिवर्तन देखिएको बताउनुभयो ।

मन्त्री दाहालले भन्नुभयो, “सबैले खाना पाउनु, सबैले लगाउन पाउनुपर्ने समाजको परिकल्पना गरिएको हो । त्यसअनुरूप अहिले देशको विभिन्न भागमा पूर्वाधार विकास भइरहेको छ । पहिला बाटो नपुगेका ठाउँमा अहिले बाटो पुगेको छ, पुलहरू बनिरहेका छन् । विकासका दृश्यहरू विस्तारै देखिँदैछन् ।” सिद्धिश्रमान अक्षलोक साहित्य केन्द्रलाई धन्यवाद दिँदै मन्त्री दाहालले लामो समयदेखि शिक्षण पेसा तथा अक्षलोक साहित्यिक पत्रिका प्रकाशनमार्फत समाजमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सिद्धिश्रमान श्रेष्ठको स्मृतिमा आयोजना गरिएको सम्मान अर्पण र पुरस्कार समर्पण कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रगतिवादी साहित्यमा सधैँ रुचि राख्ने र सामाजिक रूपान्तरणमा सिद्धिश्रमानको महत्वपूर्ण भूमिकाप्रति म सम्मान व्यक्त गर्न चाहन्छु । उहाँको स्मृतिमा प्रतिभाशाली व्यक्तिहरूलाई सम्मान गर्ने कार्य अत्यन्त सान्दर्भिक छ । यस कार्यलाई अझ निरन्तरता दिइनेछ भन्ने विश्वास छ ।”

कार्यक्रममा सिद्धिश्रमान अक्षलोक साहित्यिक पत्रिकाको पूर्णाङ्क ६८औँ लोकार्पण गरिएको थियो । साथै, साहित्यकार सिद्धिश्रमानको सम्झनामा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

सिद्धिश्रमान–चन्द्र विष्णु अन्तरराष्ट्रिय सामाजिक योगदान पुरस्कार बेल्जियमका नागरिक ई–रोजर दग्रुनलाई प्रदान गरिएको छ भने सिद्धिश्रमान–महेश्वरमान श्रेष्ठ उत्कृष्ट प्राध्यापक उत्प्रेरणा पुरस्कार प्रा डा भानु चन्द्र बज्राचार्यलाई प्रदान गरिएको छ ।

त्यसैगरी, सिद्धिश्रमान–मिलन मुक्ति आजीवन साहित्य साधना पुरस्कार लालबहादुर भुजेल, सिद्धिश्रमान–विष्णुकुमार अग्रवाल उत्कृष्ट साना उद्यमी पुरस्कार निष्ठा कायस्थ, सिद्धिश्रमान–सर्वोत्कृष्ट शताब्दी स्वास्थ्य साधना सम्मान पुरस्कार डा भगवान् कोइराला, सिद्धिश्रमान–सर्वोत्कृष्ट शताब्दी साहित्य साधना सम्मान पुरस्कार राम विनय, सिद्धिश्रमान–नेपाल भाषा सम्झ्या पुरस्कार नरेन्द्रबहादुर श्रेष्ठलगायत अन्य विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरूलाई पनि विभिन्न पुरस्कार प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर