2026-10-05 09:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

एक फोन कलले निम्त्याएको युद्ध :प्रधानमन्त्रीको पद गुम्यो,३३ जनाको मृत्यु

काठमाडौँ | एउटा फोन कल, जुन शान्तिका लागि गरिएको थियो, त्यसैले एउटा देशकी प्रधानमन्त्रीको पद खोस्यो र दुई छिमेकी देशलाई युद्धको चपेटामा पुर्यायो। यो थाईल्याण्ड र कम्बोडियाबीचको हालैको सङ्घर्षको अवस्था हो, जसको पछाडि एक शताब्दीभन्दा पुरानो सीमा विवाद, पारिवारिक मित्रता र राजनीतिक धोकाधडी लुकेको छ।

 

चार दिनदेखि जारी यस युद्धमा हालसम्म ३३ जनाको मृत्यु भइसकेको छ भने २ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहलमा दुवै देश युद्धविराम वार्ताका लागि तयार भएको दाबी गरेका छन्। थाईल्याण्ड र कम्बोडियाका सेनाबीच २८ मे बिहान ६ बजे भिडन्त सुरू भयो। करिब १० मिनेटसम्म चलेको गोली हानाहानमा कम्बोडियाली सेनाका लेफ्टिनेन्ट सुओन रौनको मृत्यु भयो। दुवै देशले एक-अर्कालाई पहिले आक्रमण गरेको आरोप लगाए।

यो घटनापछि दुवै देशले सीमामा थप सैनिक तैनाथ गरे। तनाव बढ्दै गएपछि यसलाई शान्त पार्न थाईल्याण्डकी तत्कालीन प्रधानमन्त्री पाइतोंग्तार्न शिनवात्राले १५ जुनमा कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनलाई फोन गरिन्।

दुई नेताबीच १७ मिनेट कुराकानी भयो, तर त्यो कुराकानीको अडियो रेकर्डिङ लिक भयो। यसले थाईल्याण्डमा राजनीतिक भुइँचालो ल्यायो र अन्ततः १५ दिनभित्रै शिनवात्राले आफ्नो पद गुमाउनु पर्यो। त्यसको केही समयपछि, २४ जुलाईमा थाईल्याण्ड र कम्बोडियाबीच औपचारिक रूपमा सङ्घर्ष सुरू भयो।

त्यो फोन कल रेकर्डिङमा त्यस्तो के थियो, जसले थाई प्रधानमन्त्री शिनवात्रालाई पदबाट हटाउन बाध्य बनायो र दुई देशलाई युद्धको मुखमा धकेल्यो ।

फोन कल ११८ वर्ष पुरानो सिमा विवादको बिषयमा थियो |सन् १९०७ मा जब कम्बोडिया फ्रान्सको उपनिवेश थियो, त्यतिबेला दुई देशबीच ८१७ किलोमिटर लामो सीमा निर्धारण गरिएको थियो। थाईल्याण्डले यसको विरोध गर्यो, किनभने नक्सामा ‘प्रिह विहियर’ (प्रिय विहार) मन्दिर कम्बोडियाको भूभागमा देखाइएको थियो।त्यस्तै, ‘ता मुएन थॉम’ मन्दिरलाई थाईल्याण्डमा देखाइयो, जबकि कम्बोडियाले त्यसलाई आफ्नो मान्दै आएको छ। यसरी, दुवै देश सीमा विभाजनबाट असन्तुष्ट थिए र यो विवाद आजसम्म पनि कायम छ।

पाइतोंग्तार्नका पिता र कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेन पुराना मित्र हुन्| उनीहरूको मित्रता सन् १९९० को दशकमा सुरू भएको थियो| पाइतोंग्तार्नका पिता थाक्सिनलाई सत्ताबाट हटाएपछि उनले देश छोड्नुपरेको थियो। त्यतिबेला हुन सेनले नै उनलाई कम्बोडियामा शरण दिएका थिए र सन् २००९ मा आफ्नो आर्थिक सल्लाहकारसमेत बनाएका थिए। यही पुरानो सम्बन्धका कारण सीमा विवाद सुल्झाउन थाक्सिनकी छोरी र तत्कालीन थाई प्रधानमन्त्री शिनवात्राले हुनले सेनलाई फोन गरेकी थिइन्।

सिमा विबाद सल्झाउना खोज्दा उल्टै तनाबको अवस्था सम्म पुर्यायो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर