२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार भ्रष्टाचारको पर्याय नभई भ्रष्टाचार नियन्त्रणको पर्याय हो : प्रधानमन्त्री ओली

१५ श्रावण २०८२, बुधबार १६:०८

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको दाबी गरेका छन्। बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले केही भ्रष्टाचारीलाई कारबाही गरेकै आधारमा भ्रष्टाचार मौलायो भन्नु गलत भएको भन्दै आपत्ति जनाए। उनले भ्रष्टाचार गर्नेलाई कारबाही नगर्ने त भन्दै प्रश्न गरे। “सरकारले एकदुई जनालाई कारबाही गर्यो भने सरकार र भ्रष्टाचार पर्यायवाची भन्छन्। छ्यालब्याल रैछ भन्छन्। भ्रष्टाचार गर्नेलाई कारबाही नै नगर्ने त? भ्रष्टाचार गर्न दिइन्न। कसैले गर्यो भने कारबाही हुन्छ। त्यही त गर्ने होला नि,” उनले भने।

ओलीले थपे, “सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको छ। कहाँको भ्रष्टाचारको पर्याय? गम्भीर विषयमा छलफल हुँदाखेरि हामी त्यही गम्भीरता साथ लिनुपर्छ भन्ने म ठान्छु।”

यसअघि बैठकको शून्य समयमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेको आरोप लगाएका थिए। उनले मुलुकमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषी स्वयं सरकार भएको आरोप लगाएका थिए। प्रधानमन्त्री ओलीले विकास र आर्थिक वृद्धिका मामलामा साझा प्रयासका साथ अगाडि बढ्नुपर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव