2026-10-05 08:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्वाचित केन्द्रीय सदस्य कार्कीले गरे पार्टी परित्याग

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्वाचित केन्द्रीय सदस्य किशोर बहादुर कार्कीले पार्टी परित्याग गरेका छन् । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनले लामो समयदेखि समर्पित रहेर काम गरेको राप्रपाको हालको नेतृत्व, गुटबन्दी, भागबन्डा र हैकमवादी प्रवृत्तिबाट निराश भई पार्टी परित्याग गर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।

 

‘पार्टी अध्यक्षले विमति राख्ने कार्यकर्तालाई हटाउँदै, चाकडी र चाप्लुसी गर्नेहरूलाई संरक्षण दिन थालेपछि सुधारको कुनै सम्भावना बाँकी रहेन’, कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राप्रपामा आफूले सुर्यबहादुर थापा, लोकेन्द्र बहादुर चन्द, पशुपति शम्शेर राणा, कमल थापा र डा. प्रकाश चन्द्र लोहनीसँग विभिन्न जिम्मेवारीमा रहेर काम गरेको उल्लेख गर्दै कार्कीले वर्तमान नेतृत्वले पार्टीलाई विधि-विधानविहीन र स्वेच्छाचारी ढंगले सञ्चालन गरिरहेको आरोप लगाएका छन् ।

 

पार्टीमा विचारभन्दा पनि पद, भागबन्डा, सेटिङ र साँठगाँठलाई प्राथमिकता दिइएको भन्दै उनले आक्रोश पोखेका छन् । पार्टीमा पुराना र समर्पित कार्यकर्तालाई पाखा लगाएर अयोग्य र नवप्रवेशीलाई शीर्ष जिम्मेवारी दिइनु, लगातार चुनाव चिन्ह परिवर्तन हुनुले संगठन र कार्यकर्तामाझ निराशा थपिएको उनले बताएका छन् ।

यस्तो प्रवृत्तिले संगठनको आत्मा मरेको अनुभूति हुने र यस्तो नेतृत्वको पछि लाग्नु देश र जनताका लागि धोका हुने कार्कीको निष्कर्ष छ । पार्टीको साधारण सदस्यता समेत त्यागेको भन्दै कार्कीले अब कुनै दल वा गुटसँग आबद्ध नरही स्वतन्त्र जनता र राष्ट्रको सेवामा रहने बताएका छन् । उनले भविष्यमा सत्य, निष्ठा र राष्ट्र निर्माणमा लाग्नेहरुसँग भने साझा प्रयासमा सहकार्यको अपेक्षा राखेका छन् ।

पूर्वमधेस प्रदेश संयोजक, पूर्व प्रवक्ता, र पूर्व अनुशासन समिति सदस्य सचिवसहितका भूमिका निभाएका कार्कीको पार्टी परित्यागले राप्रपाभित्रको आन्तरिक कलह बढ्दै गएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर