२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतले नेपालको सिमानामा रहेको १०/२० किलोमिटर जमिनको पानी सबै तानेको छ : वामदेव गौतम

१६ श्रावण २०८२, बिहीबार १८:०२

काठमाडौँ | नेकपा एकीकृत समाजवादीका नेता वामदेव गौतमले तराई मधेसमा देखिएको पानीको समस्या समाधानका लागि प्रत्येक पाँच किलो मिटरमा पोखरी निर्माण गर्नुपर्ने प्रस्ताव गरेका छन् । बिहीबार राष्ट्रियसभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले पानीको समस्या समाधानका लागि पोखरी निर्माणको प्रस्ताव गरेका हुन् ।

‘ठोरीको नहरबाट आठ जिल्लामा जहाँ जहाँ पानीको समस्या छ, त्यहाँ लगेर पानी रिचार्ज गर्न सकिन्छ । ५/६ दिनसम्म रिचार्ज गर्ने हो भने गहिराइको आधारमा खर्च पनि त्यही किसिमले गर्ने । राजमार्गभन्दा दक्षिणतर्फ हरेक पाँच किलोमिटर पोखरी निर्माण गर्ने । आठ जिल्लामा ४० वटा पोखरी निर्माण गरौँला । जहाँ–जहाँ पानी जम्मा गर्न सकिन्छ जम्मा गर्दै जाने । यसका लागि २५/३० हजार कामदार खटाउन सक्यौँ भने दुई/तीन महिनामा हामीले परिणाम दिन सक्छौँ’, उनले भने ।

यसैगरी नै हामीले पूर्वी, मध्य र पश्चिम तराईदेखि पहाडमा पनि व्यवस्थापन गर्न सकिने गौतमले जिकिर गरे । उनले चुरेमा पानी नै नहुने दाबी गरे । करोडौँ वर्षदेखि नै त्यहाँ ग्यागरिङ रहेकाले पानी आउने तर जम्मा नहुने उनले बताए । नेपालको तराई भू–भागमा पानीको समस्या हुनुमा भारतले खिचेको हुनसक्ने गौतमले आशङ्का गरे । त्यसका लागि जासुसी तरिकाले हेर्न जानुपर्ने उनको भनाइ छ ।

‘मलाई शङ्का के लागेको छ भने भारतले नेपालको सिमानामा रहेको १०/२० किलोमिटर जमिनको पानी सबै खिचेको छ । समस्या त उसलाई पनि छ । झन् बढी समस्या भारतलाई छ । त्यसकारण त्यहाँ हेर्न जानुपर्छ । जासुसी तरिकाले अध्ययन गर्न जानुपर्छ’, गौतमले भने ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…