2026-10-05 08:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतले नेपालको सिमानामा रहेको १०/२० किलोमिटर जमिनको पानी सबै तानेको छ : वामदेव गौतम

काठमाडौँ | नेकपा एकीकृत समाजवादीका नेता वामदेव गौतमले तराई मधेसमा देखिएको पानीको समस्या समाधानका लागि प्रत्येक पाँच किलो मिटरमा पोखरी निर्माण गर्नुपर्ने प्रस्ताव गरेका छन् । बिहीबार राष्ट्रियसभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले पानीको समस्या समाधानका लागि पोखरी निर्माणको प्रस्ताव गरेका हुन् ।

‘ठोरीको नहरबाट आठ जिल्लामा जहाँ जहाँ पानीको समस्या छ, त्यहाँ लगेर पानी रिचार्ज गर्न सकिन्छ । ५/६ दिनसम्म रिचार्ज गर्ने हो भने गहिराइको आधारमा खर्च पनि त्यही किसिमले गर्ने । राजमार्गभन्दा दक्षिणतर्फ हरेक पाँच किलोमिटर पोखरी निर्माण गर्ने । आठ जिल्लामा ४० वटा पोखरी निर्माण गरौँला । जहाँ–जहाँ पानी जम्मा गर्न सकिन्छ जम्मा गर्दै जाने । यसका लागि २५/३० हजार कामदार खटाउन सक्यौँ भने दुई/तीन महिनामा हामीले परिणाम दिन सक्छौँ’, उनले भने ।

यसैगरी नै हामीले पूर्वी, मध्य र पश्चिम तराईदेखि पहाडमा पनि व्यवस्थापन गर्न सकिने गौतमले जिकिर गरे । उनले चुरेमा पानी नै नहुने दाबी गरे । करोडौँ वर्षदेखि नै त्यहाँ ग्यागरिङ रहेकाले पानी आउने तर जम्मा नहुने उनले बताए । नेपालको तराई भू–भागमा पानीको समस्या हुनुमा भारतले खिचेको हुनसक्ने गौतमले आशङ्का गरे । त्यसका लागि जासुसी तरिकाले हेर्न जानुपर्ने उनको भनाइ छ ।

‘मलाई शङ्का के लागेको छ भने भारतले नेपालको सिमानामा रहेको १०/२० किलोमिटर जमिनको पानी सबै खिचेको छ । समस्या त उसलाई पनि छ । झन् बढी समस्या भारतलाई छ । त्यसकारण त्यहाँ हेर्न जानुपर्छ । जासुसी तरिकाले अध्ययन गर्न जानुपर्छ’, गौतमले भने ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर