१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मालपोत नापीको अधिकार तत्काल स्थानीय सरकारलाई दिन सक्ने अवस्था छैन : मन्त्री अधिकारी

१७ श्रावण २०८२, शुक्रबार १७:१३

काठमाडौँ | कृषि समितिमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ को सम्बन्धमा सरोकारवालाहरूसँग छलफल भएको छ।

शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा संघ तथा प्रदेशस्थित सरोकारवाला मन्त्रालय, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, भूमि, वन तथा कानून क्षेत्रका विज्ञहरूसँग छलफल भएको हो। बैठकमा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मालपोत नापीको अधिकार पालिकालाई दिनुपर्ने सुझाव आएको बताउँदै त्यसको लागि अलि बढी तयारीको आवश्यकता रहेको बताए।

उनले जग्गा वर्गिकरणको अधिकार पालिकालाई दिँदा प्रभावकारी रुपमा जिम्मेवारी निर्वाह नभएको उदाहरण दिँदै पालिकालाई सवल र सक्षम बनाउनुपर्ने महसुस भएको धारणा राखे। उनले भने,‘संविधान अनुरुपका कतिपय काम गर्ने सन्दर्भमा मालपोत नापी तल नै दिनुपर्छ भन्ने भावना छ। तर अलि बढी तयारी गर्नुपर्छ कि,अलि बढी पालिकालाई सवल र सक्षम बनाउनुपर्ने हो कि भन्ने महसुस चाँही भएको छ। किनकी जग्गा वर्गिकरणको लागि अधिकार तल पठाइयो। हामीले तीन चार वर्ष भइसक्यो पटक-पटक ताकेता गर्दा पनि वर्गिकरण भएर सम्पूर्ण पालिकाको आएको छैन।’

त्यस्तै,उनले सम्पूर्ण पालिकाहरूले जग्गा वर्गिकरणको रिपोर्ट समयमा नपठाउँदा असार मसान्तसम्म फुकाउनुपर्ने कित्ता काटको काममा समेत समस्या भएको बताए। ‘असार मसान्तसम्म कित्ता काट रोकिन्छ फुकाउन समस्या भएको छ। अहिले पूर्ण भएर आएका दुई सय ५३ पालिका छन्। चार सय जति पालिकाले काम गर्नु भएको तर रिपोर्ट पठाइनसक्नु भएको अवस्था छ। अरु पालिकाले केही गरेको छैन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का