१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीले आफूले निर्वाचन लड्ने बेलामा अहिलेसम्म कुनै पनि अमर्यादित क्रियाकलाप नगरेको दाबी गरे

१९ श्रावण २०८२, आईतवार १५:०१

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निर्वाचन लड्ने बेलामा अहिलेसम्म कुनै पनि अमर्यादित क्रियाकलाप नगरेको दाबी गरेका छन् । आइतबार आफ्नै सरकारी निवास बालुवाटारमा आयोजित एक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा सहभागीहरूले नेपालको निर्वाचन प्रणाली महँगो हुँदै गएको, कालोधनलाई सेतो बनाउने काम निर्वाचनमा हुने गरेको लगायतका तर्कसहितका धारणा राखेका थिए । तर, त्यसप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले ०४८ सालमा आफूले पहिलोपटक झापाबाट निर्वाचन लडेको र उक्त निर्वाचनमा पार्टीले दिएको २ सय रुपैयाँमा अझै २० रुपैयाँ बचेको बताए ।

‘निर्वाचनको बारेमा विद्वान मित्रहरूले भनेको कुरामा एकाध ठाउँमा च्यालेन्ज गर्न मन लाग्यो । म आफैं निर्वाचन लडेर आएको छु । मेरो निर्वाचन ०४८ सालमा ४३ हजार रुपैयाँ साथीहरूले चन्दा उठाएका थिए,’ प्रधानमन्त्री ओलीले भने, ‘२१ हजार निर्वाचनमा खर्च भयो । बसको छतमा बसेर हिँड्दा साथीहरू खसे । दुई जनाको उपचार गर्दा १२ हजार खर्च भयो । १० हजार रुपैयाँ चुनाव पछि बचत रह्यो पार्टीकै कोषमा ।’

उक्त चुनाव हुने बेलामा आफ्नो पार्टीको महासचिव माधव कुमार नेपाल रहेको र नेपालले खर्चस्वरुप आफूलाई २ सय रुपैयाँ दिएको प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा बताए ।‘त्यस चुनावमा हाम्रो पार्टीको महासचिव माधव कुमार नेपाल हुनुहुन्थ्यो । उहाँले बाटो खर्च भनेर २ सय दिनुभएको थियो । चुनावमा जाँदा १ सय ८० रुपैयाँ बस भाडा र बीचमा खाना खानका लागि २० रुपैयाँ,’ ओलीले थप प्रष्ट पार्दै भने, ‘एउटा साथी भेटियो उसले मैले तिर्छु भनेर खानाको पैसा पनि उसैले तिर्‍यो । २० रुपैयाँ बच्यो ।’

उक्त बचेको २० रुपैयाँ चुनाव सकिएपछि साथीहरूसँग बसेर चिया पिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।‘चुनाव सकिएपछि ५/७ जना साथीहरू भेट भएको थियो । तपाईंले एक कप चिया पनि नखुवाइ चुनाव सक्ने र विजयी भएर जाने, यो त ज्यादती नै भयो भने,’ प्रधानमन्त्री ओलीले भने, ‘तर, मलाई पार्टीले दिएको २० रुपैयाँ मेरो खल्तीमा सुरक्षित नै छ भनेँ । पाँच सात जनालाई चिया खान पुग्छ भनेर हामीले खाएका थियौं ।’

प्रधानमन्त्री ओलीले आफू नेपालका आम निर्वाचनमा दुई पटक सर्वाधिक मत ल्याएर जितेको मान्छे भएको भन्दै स्वच्छताका साथ पनि चुनाव जित्न सकिने जिकिर गरे ।‘दुईवटा आम निर्वाचनमा नेपालमा सर्वाधिक भोट ल्याएर जितेको मान्छे मै हुँ । कुनै प्रकारको अपफियर चिज नगरी, बुथ कब्जा नगरी, कसैलाई धम्की नदिई, अनुचित क्रियाकलाप नगरी स्वच्छताका साथ जनताले भोट दिएर जितेको हुँ । धन र बलको प्रयोग बिना जितेको हुँ,’ प्रधानमन्त्री ओलीले भने, ‘सञ्चारमाध्यममा लाइभ गइरहेको छ, म भनिरहेको छु । कसैले असत्य प्रमाणित गर्न सक्छ भने, अहिलेसम्मका कुनै निर्वाचनमा मैले कतै बुथ कब्जा गरेको भए, नियम उल्लंघन गरेको भए कसैले मलाई औंलो ठड्याउन सक्छ भने हेरौं । रिस उठेर गाली गर्ने कुरा बेग्लै हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का