२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘भ्रष्टाचार बिरुद्धको ऐना देखाउने रास्वपालाई गाली गरेर हुन्छ त प्रधानमन्त्री ज्यु?’-सांसद साह

२० श्रावण २०८२, सोमबार १३:५९

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशिम साहले गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणलाई जनताले कहिल्यै नबिर्सने दाबी गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको सुरुवातमै सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा रास्वपाका तर्फबाट बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

‘सभामुख महोदय, भिजिट भिसाको नाममा मानव तस्करहरूको फाइल कहाँ पुग्यो भनेर म गृहमन्त्रीज्यूलाई सोध्न चाहन्छु,’ सांसद साहले भने, ‘जनताले यो प्रकरण बिर्सिन्छन् भनेर गल्ती नगर्नुहोला । जनताले बिर्सिने छैनन्, हामी कुनै पनि हालतमा बिर्सिन दिने छैनौँ ।’ उनले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपालाई व्यवस्था र संसद् विरोध भनेको प्रति आपत्ति जनाए ।

‘प्रधनमन्त्रीज्यूले केही दिन अघि रास्वपालाई व्यवस्था विरोधी र संसद् विरोधी भनिराख्दा मलाई गालिबको एउटा शायरी याद आयो । ‘उम्रभर गालिब यही भूल कर्ता रहा, धुल चेहेरे पे थि और आएना साफ करता रहा’,’ साहले भने, ‘धुलो त ऐना हेर्ने तपाईंहरूकै मन्त्रिपरिषद्का सदस्यहरूको अनुहारमा लागको छ, अनि ऐना देखाउने रास्वपालाई गाली गरेर हुन्छ त ?’

सांसद साहले पूर्वमन्त्री राजकुमार गुप्ताको ‘घुस डिल’को अडियो सार्वजनिक भए पनि उनीमाथि कारबाही नभएको भन्दै आपत्ति जनाए ।

‘यो कस्तो परम्परा हो, भ्रष्टाचारको अडियो बाहिरियो, घुस मागेको प्रमाण आयो । अनि राजीनामा दिएपछि सबै पखालियो रु राजीनामा भनेको त भ्रष्टाचारको अपराधबाट मुक्ति पाउने गंगा स्नान पो भएछ,’ साहले भने, ‘तत्कालीन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभयो । छानबिनको फाइल बन्द भयो । अनि त्यही अडियोमा नाम सुनिएका अर्का मन्त्री र पूर्व मन्त्रीलाई किन अदृष्य शक्तिको संरक्षण दिइरहेको छ ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव