१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समाजमा भएका विकृति, विसङ्गतीहरु र छाडापनहरु त्याग्न आवश्यक : माधवकुमार नेपाल

२० श्रावण २०८२, सोमबार १७:०९

काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजमा भएका विकृति, विसङ्गतीहरु र छाडापनहरु त्याग्न आवश्यक रहेको बताएका छन् ।

सोमबार काठमाडौँमा अनेरास्ववियूद्वारा आयोजित एसईईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान कार्यक्रममा बोल्दै उनले नयाँ समाज र सुन्दर देश बनाउनको लागि समाजमा भएका विकृति, विसङ्गतीहरु र छाडापनहरु त्याग्न आवश्यक रहेको बताएका हुन् । उनले भने,‘हामी एउटा नयाँ समाज बनाउन चाहन्छौं । सुन्दर देश बनाउन चाहन्छौं । मानिसको जीवन सुखी बनाउन चाहन्छौं । त्यसको लागि हाम्रो समाजमा जतिपनि विकृति र विसङ्गतीहरु छन् । छाडापनहरु छन् । त्यसलाई त्याग्नुपर्छ ।’

त्यस्तै, अध्यक्ष नेपालले जीवन नै संघर्ष भएको भन्दै त्यसैले जीवनबाट थाक्ने कुरा कहिल्यै गर्न नहुने धारणा राखे । चुनौतीहरूको सामना गर्न सक्ने मानिसले नै जीवनमा सफलता हासिल गर्न सक्ने बताउँदै उनले जस्तोसुकै अप्ठ्यारो आएपनि पार लगाइन्छ भन्ने संकल्प गर्नुपर्ने बताए । उनले भने, ‘जीवन संघर्ष हो । त्यसैले जीवनबाट थाक्ने कुरा कहिल्यै गर्नुहुँदैन् । समस्याहरु आउँछन्, चुनौतीहरू आउँछन्, घरका आफ्नो चुनौती हुन्छन् । विद्यार्थीहरूलाई आफ्नै चुनौती हुन्छन् । सबै चुनौतीको सामना गर्ने आँट हुनुपर्छ । जसमा आत्माविश्वास छैन् । गरिछाड्छु भन्ने संकल्प छैन् । यो धर्तीमा त्यसले केही गरिखाँदैन । गरिखाने मानिसमा आत्माविश्वास हुनुपर्छ । सबै चुनौतीको सामना गर्ने आँट हुनुपर्छ र जस्तोसुकै अप्ठ्यारो आएपनि पार लगाइन्छ भन्ने संकल्प हुनुपर्छ । संसारमा असम्भव भन्ने कुनै पनि कुरा छैन् । सगरमाथाको चुचुरो चडिछाड्छु भन्ने संकल्प भयो भने असम्भव केही छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का