२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समाजमा भएका विकृति, विसङ्गतीहरु र छाडापनहरु त्याग्न आवश्यक : माधवकुमार नेपाल

२०८२, २० श्रावण सोमबार १७:०९

काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजमा भएका विकृति, विसङ्गतीहरु र छाडापनहरु त्याग्न आवश्यक रहेको बताएका छन् ।

सोमबार काठमाडौँमा अनेरास्ववियूद्वारा आयोजित एसईईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान कार्यक्रममा बोल्दै उनले नयाँ समाज र सुन्दर देश बनाउनको लागि समाजमा भएका विकृति, विसङ्गतीहरु र छाडापनहरु त्याग्न आवश्यक रहेको बताएका हुन् । उनले भने,‘हामी एउटा नयाँ समाज बनाउन चाहन्छौं । सुन्दर देश बनाउन चाहन्छौं । मानिसको जीवन सुखी बनाउन चाहन्छौं । त्यसको लागि हाम्रो समाजमा जतिपनि विकृति र विसङ्गतीहरु छन् । छाडापनहरु छन् । त्यसलाई त्याग्नुपर्छ ।’

त्यस्तै, अध्यक्ष नेपालले जीवन नै संघर्ष भएको भन्दै त्यसैले जीवनबाट थाक्ने कुरा कहिल्यै गर्न नहुने धारणा राखे । चुनौतीहरूको सामना गर्न सक्ने मानिसले नै जीवनमा सफलता हासिल गर्न सक्ने बताउँदै उनले जस्तोसुकै अप्ठ्यारो आएपनि पार लगाइन्छ भन्ने संकल्प गर्नुपर्ने बताए । उनले भने, ‘जीवन संघर्ष हो । त्यसैले जीवनबाट थाक्ने कुरा कहिल्यै गर्नुहुँदैन् । समस्याहरु आउँछन्, चुनौतीहरू आउँछन्, घरका आफ्नो चुनौती हुन्छन् । विद्यार्थीहरूलाई आफ्नै चुनौती हुन्छन् । सबै चुनौतीको सामना गर्ने आँट हुनुपर्छ । जसमा आत्माविश्वास छैन् । गरिछाड्छु भन्ने संकल्प छैन् । यो धर्तीमा त्यसले केही गरिखाँदैन । गरिखाने मानिसमा आत्माविश्वास हुनुपर्छ । सबै चुनौतीको सामना गर्ने आँट हुनुपर्छ र जस्तोसुकै अप्ठ्यारो आएपनि पार लगाइन्छ भन्ने संकल्प हुनुपर्छ । संसारमा असम्भव भन्ने कुनै पनि कुरा छैन् । सगरमाथाको चुचुरो चडिछाड्छु भन्ने संकल्प भयो भने असम्भव केही छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल