२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्युतको आवश्यकता बढिरहेको अवस्थामा चुनौतीहरु पनि थपिँदै गइरहेको :उर्जामन्त्री खड्का

२१ श्रावण २०८२, मंगलवार १३:५२

काठमाडौँ | उर्जा जलश्रोत तथा सिँचाईमन्त्री दिपक खड्काले विद्युत उत्पादनलाई हरेक नागरिकको आय आर्जनसँग जोड्नेगरी काम गरिरहेको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित नेपाल सौर्य विद्युत उत्पादक संघको वार्षिकोत्सव समारोहमा बोल्दै उनले विद्युतको आवश्यकता बढिरहेको अवस्थामा चुनौतीहरु पनि थपिँदै गइरहेको बताउँदै विद्युत आपूर्तिको मागको व्यवस्थापनको लागि आवश्यक गृहकार्य जुन ढंगबाट अगाडि बढाउनुपर्ने हो त्यो हुन नसकेको बताए ।

उनले भने,‘विद्युतको आवश्यकता एकातिर दिनानुदिन बढिरहेको छ । अर्कोतिर चुनौतीहरु पनि दिनानुदिन थपिँदै गइरहेको छन् । वातावरण असरको कुरा छन्,यसको सम्बोधन र समाधान गर्नुपर्ने छ । विद्युत आपूर्तिको मागहरु बढेको छ। त्यसको सम्बोधन व्यवस्थापन गर्नुछ । व्यवस्थापनको लागि आवश्यक गृहकार्य जुन ढंगबाट अगाडि बढाउनुपर्ने हो त्यो हुन सकिरहेको छैन् । त्यसलाई तिब्रता दिन आवश्यक छ । हामीले हाम्रो विद्युत उत्पादनलाई हरेक नागरिकको आय आर्जनसँग जोड्नेगरी काम गरिराखेको छौं ।’

मन्त्री खड्काले सरकारले निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्न चाहेको भन्दै त्यसमा भएका कानुनी अर्चन र बाधाहरुलाई संसोधनगरी समयअनुकुल बनाइने बताए ।‘सरकारले निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्न चाहन्छ र गरिराखेको पनि छ । जतिपनि कानुनी अड्चनहरु र बाधाहरु छन् । तीनलाई समयअनुकुल बनाइने छ । संशोधन गरिने छ । ताकी हाम्रा आवश्यकता परिपूर्ति समयमा नै होस् ।’

उनले सबै उत्पादनहरुलाई अगाडि बढाउदा जोखिमपूर्ण कुराहरुलाई ध्यानमा राखेर उत्पादन बढाउनुपर्ने धारणा राखे । उनले भने,‘सबै उत्पादनहरुलाई अगाडि बढाउँदा हामीले जोखिमपूर्ण कुराहरुलाई ध्यानमा राखेर भर पर्दा विकासको गतिलाई अगाडि बढाएर विद्युतको खपत भरपर्दो बनाउने उपयोग भरपर्दे गर्ने र सुरक्षित गर्नुपर्छ । यसबाट उत्पन्न हुने व्यक्तिगत खतराहरु वातावरणीय खतराहरु र संरचनागत खतराहरुलाई पनि मध्यनजर राखेर हामीले हाम्रो उत्पादन बढाउनुपर्ने छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता