2026-06-30 09:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्युतको आवश्यकता बढिरहेको अवस्थामा चुनौतीहरु पनि थपिँदै गइरहेको :उर्जामन्त्री खड्का

काठमाडौँ | उर्जा जलश्रोत तथा सिँचाईमन्त्री दिपक खड्काले विद्युत उत्पादनलाई हरेक नागरिकको आय आर्जनसँग जोड्नेगरी काम गरिरहेको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित नेपाल सौर्य विद्युत उत्पादक संघको वार्षिकोत्सव समारोहमा बोल्दै उनले विद्युतको आवश्यकता बढिरहेको अवस्थामा चुनौतीहरु पनि थपिँदै गइरहेको बताउँदै विद्युत आपूर्तिको मागको व्यवस्थापनको लागि आवश्यक गृहकार्य जुन ढंगबाट अगाडि बढाउनुपर्ने हो त्यो हुन नसकेको बताए ।

उनले भने,‘विद्युतको आवश्यकता एकातिर दिनानुदिन बढिरहेको छ । अर्कोतिर चुनौतीहरु पनि दिनानुदिन थपिँदै गइरहेको छन् । वातावरण असरको कुरा छन्,यसको सम्बोधन र समाधान गर्नुपर्ने छ । विद्युत आपूर्तिको मागहरु बढेको छ। त्यसको सम्बोधन व्यवस्थापन गर्नुछ । व्यवस्थापनको लागि आवश्यक गृहकार्य जुन ढंगबाट अगाडि बढाउनुपर्ने हो त्यो हुन सकिरहेको छैन् । त्यसलाई तिब्रता दिन आवश्यक छ । हामीले हाम्रो विद्युत उत्पादनलाई हरेक नागरिकको आय आर्जनसँग जोड्नेगरी काम गरिराखेको छौं ।’

मन्त्री खड्काले सरकारले निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्न चाहेको भन्दै त्यसमा भएका कानुनी अर्चन र बाधाहरुलाई संसोधनगरी समयअनुकुल बनाइने बताए ।‘सरकारले निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्न चाहन्छ र गरिराखेको पनि छ । जतिपनि कानुनी अड्चनहरु र बाधाहरु छन् । तीनलाई समयअनुकुल बनाइने छ । संशोधन गरिने छ । ताकी हाम्रा आवश्यकता परिपूर्ति समयमा नै होस् ।’

उनले सबै उत्पादनहरुलाई अगाडि बढाउदा जोखिमपूर्ण कुराहरुलाई ध्यानमा राखेर उत्पादन बढाउनुपर्ने धारणा राखे । उनले भने,‘सबै उत्पादनहरुलाई अगाडि बढाउँदा हामीले जोखिमपूर्ण कुराहरुलाई ध्यानमा राखेर भर पर्दा विकासको गतिलाई अगाडि बढाएर विद्युतको खपत भरपर्दो बनाउने उपयोग भरपर्दे गर्ने र सुरक्षित गर्नुपर्छ । यसबाट उत्पन्न हुने व्यक्तिगत खतराहरु वातावरणीय खतराहरु र संरचनागत खतराहरुलाई पनि मध्यनजर राखेर हामीले हाम्रो उत्पादन बढाउनुपर्ने छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ