१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद नियमावलीमा महिला समन्वय समितिको गठन गर्न आग्रह : रेखा शर्मा

२१ श्रावण २०८२, मंगलवार १७:२९

काठमाडौँ | नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले संसद नियमावलीमा महिला समन्वय समितिको गठन गर्न आग्रह गरेकी छन्। आज बसेको प्रतिनिधि सभामा बोल्दै उनले सभामुखको क्षेत्र अधिकारभित्रको विषय भएको भन्दै छिटो महिला समन्वय समितिको गठन गर्नुपर्ने बताएकी हुन्।

उनले भनिन्, ‘हामी संसद् नियमावलीमा महिला समन्वय समितिको गठन गर्ने विषय समावेश गर्यौ तर यति लामो समय वितिसक्दा पनि यो बनेन। यो सभामुखको क्षेत्र अधिकारभित्रको विषय हो। तसर्थ नियमावली कार्यन्वयन गर्नु गराउनु सभामुखको दायित्व हो यसलाई छिटो भन्दा छिटो महिला समन्वय समिति गठन गर्न सभामुखको ध्यानाकर्षण गराउन चाहान्छु।’

उनले बहुविवाहलाई कानुनी मान्यता दिने विधेयक मस्यौदा भईरहेको विषयमा आपति जनाएकी छन्। विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिमाथि सरकारले प्रहार गरेको भन्दै यस्ता प्रतिगामी विधेयक संसद्बाट नल्याउन समेत आग्रह गरिन्।‘संविधान पद्दत महिला अधिकार र नेपाल पक्ष राष्ट्र भएर गरेका अन्र्तराष्ट्रिय संन्धि महासंन्धि विपरीत सरकारले देवानी सहिंता २०७४ को धारा १७५ लाई संशोधन गरि बहुविवाहलाई कानुनी मान्यता दिने विधेयक मस्यौदा भईरहेको विषय कानुन मन्त्रालयमा सचिवद्वारा सार्वजानिक भएको छ। जनयुद्ध, जनआन्दोलन र सबैखाले महिला आन्दोलनबाट प्राप्त उपलब्धिमाथि सरकारले जसरी प्रहार गर्दै छ। यो महान प्रतिगमन हो। यसप्रति घोर आपति गर्दछु। यसप्रकारको प्रतिगामी विधेयक संसद्बाट नल्याइयोस् भनी सभामुख मार्फत सम्पूर्ण मान्यजनहरुको ध्यानाकर्षण गर्दछु,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का