2026-10-05 07:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद नियमावलीमा महिला समन्वय समितिको गठन गर्न आग्रह : रेखा शर्मा

काठमाडौँ | नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले संसद नियमावलीमा महिला समन्वय समितिको गठन गर्न आग्रह गरेकी छन्। आज बसेको प्रतिनिधि सभामा बोल्दै उनले सभामुखको क्षेत्र अधिकारभित्रको विषय भएको भन्दै छिटो महिला समन्वय समितिको गठन गर्नुपर्ने बताएकी हुन्।

उनले भनिन्, ‘हामी संसद् नियमावलीमा महिला समन्वय समितिको गठन गर्ने विषय समावेश गर्यौ तर यति लामो समय वितिसक्दा पनि यो बनेन। यो सभामुखको क्षेत्र अधिकारभित्रको विषय हो। तसर्थ नियमावली कार्यन्वयन गर्नु गराउनु सभामुखको दायित्व हो यसलाई छिटो भन्दा छिटो महिला समन्वय समिति गठन गर्न सभामुखको ध्यानाकर्षण गराउन चाहान्छु।’

उनले बहुविवाहलाई कानुनी मान्यता दिने विधेयक मस्यौदा भईरहेको विषयमा आपति जनाएकी छन्। विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिमाथि सरकारले प्रहार गरेको भन्दै यस्ता प्रतिगामी विधेयक संसद्बाट नल्याउन समेत आग्रह गरिन्।‘संविधान पद्दत महिला अधिकार र नेपाल पक्ष राष्ट्र भएर गरेका अन्र्तराष्ट्रिय संन्धि महासंन्धि विपरीत सरकारले देवानी सहिंता २०७४ को धारा १७५ लाई संशोधन गरि बहुविवाहलाई कानुनी मान्यता दिने विधेयक मस्यौदा भईरहेको विषय कानुन मन्त्रालयमा सचिवद्वारा सार्वजानिक भएको छ। जनयुद्ध, जनआन्दोलन र सबैखाले महिला आन्दोलनबाट प्राप्त उपलब्धिमाथि सरकारले जसरी प्रहार गर्दै छ। यो महान प्रतिगमन हो। यसप्रति घोर आपति गर्दछु। यसप्रकारको प्रतिगामी विधेयक संसद्बाट नल्याइयोस् भनी सभामुख मार्फत सम्पूर्ण मान्यजनहरुको ध्यानाकर्षण गर्दछु,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर