2026-11-01 08:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रूपन्देही–३को चुनाव केवल चुनाव होइन,२०८४मा सकिने कि बाँच्ने त्यस्को परीक्षण पनि हो

काठमाडौँ | राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले अहिलेको सत्ता गठबन्धन अप्राकृतिक एवम् देशलाई लुट्न र पाप लुकाउनलाई बनाएको बताएका छन्।

उनले संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियानअन्तर्गत् बुधबार रूपन्देहीको सियारी गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै वर्तमान सरकार काण्डै काण्डवाला भएको आरोप लगाएका हुन्।

‘रूपन्देही–३ मा हुने चुनाव केवल चुनाव होइन २०८४ को चुनावमा हामी सकिने कि बाँच्ने त्यस्को परीक्षण हो। अधिकार र पहिचानको लागि उत्पीडित र विभेदमा परेका जनता यो देशमा सधैं गुलाम रहने कि मालिक बन्ने त्यस्को परीक्षा पनि यही चुनावमा हुन्छ,’ उनले भने। जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले देश आफूहरूको भए पनि राज्यसत्ता आफ्नो हुनै सकेन बताए।

‘चुरे वन विनाश हुने खालको कानुन बनाए विद्रोह हुन्छ,’ उनले भूमि व्यवस्थापन विधेयकबारे धारणा राख्दै भने, ‘चुरेको विनाश भनेको सभ्यताको विनाश हो।’ नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले मधेसीहरूले थारूलाई विश्वास गरेर गुन लगाएको बताए। रूपन्देही–३ मा मोर्चाका तर्फबाट नाउपाले उम्मेदवारी दिने सहमति भएको छ। उपनिर्वाचन कात्तिक १७ गते हुँदैछ।

‘त्यसकारण यसपालिको उपनिर्वाचन खेलाँची हुँदैन। हामी जसरी पनि जित्नै पर्ने अवस्थामा छौं,’ उनले भने। तमलोपाका अध्यक्ष वृषेश चन्द्र लालले यथाशीघ्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराए।

कार्यक्रममा बोल्दै जसपा नेपालका महासचिव रामकुमार शर्माले मधेस जनविद्रोहको कारण भुल्न नहुने धारणा राखे। ‘हामी सबै उत्पीडित नमिली हाम्रो मुक्ति सम्भव छैन,’ उनले भने।

लोसपाका नेता तथा प्रदेश मन्त्री सन्तोष पाण्डेले मोर्चाको साझा उम्मेदवारलाई जिताई छाड्ने प्रतिबद्धता व्यक्त गरे। संघीय लोकतान्त्रिक मोर्चाले देशभर आठ स्थानमा जनजागरण अभियान घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द