2026-10-05 07:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रूपन्देही–३को चुनाव केवल चुनाव होइन,२०८४मा सकिने कि बाँच्ने त्यस्को परीक्षण पनि हो

काठमाडौँ | राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले अहिलेको सत्ता गठबन्धन अप्राकृतिक एवम् देशलाई लुट्न र पाप लुकाउनलाई बनाएको बताएका छन्।

उनले संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियानअन्तर्गत् बुधबार रूपन्देहीको सियारी गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै वर्तमान सरकार काण्डै काण्डवाला भएको आरोप लगाएका हुन्।

‘रूपन्देही–३ मा हुने चुनाव केवल चुनाव होइन २०८४ को चुनावमा हामी सकिने कि बाँच्ने त्यस्को परीक्षण हो। अधिकार र पहिचानको लागि उत्पीडित र विभेदमा परेका जनता यो देशमा सधैं गुलाम रहने कि मालिक बन्ने त्यस्को परीक्षा पनि यही चुनावमा हुन्छ,’ उनले भने। जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले देश आफूहरूको भए पनि राज्यसत्ता आफ्नो हुनै सकेन बताए।

‘चुरे वन विनाश हुने खालको कानुन बनाए विद्रोह हुन्छ,’ उनले भूमि व्यवस्थापन विधेयकबारे धारणा राख्दै भने, ‘चुरेको विनाश भनेको सभ्यताको विनाश हो।’ नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले मधेसीहरूले थारूलाई विश्वास गरेर गुन लगाएको बताए। रूपन्देही–३ मा मोर्चाका तर्फबाट नाउपाले उम्मेदवारी दिने सहमति भएको छ। उपनिर्वाचन कात्तिक १७ गते हुँदैछ।

‘त्यसकारण यसपालिको उपनिर्वाचन खेलाँची हुँदैन। हामी जसरी पनि जित्नै पर्ने अवस्थामा छौं,’ उनले भने। तमलोपाका अध्यक्ष वृषेश चन्द्र लालले यथाशीघ्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराए।

कार्यक्रममा बोल्दै जसपा नेपालका महासचिव रामकुमार शर्माले मधेस जनविद्रोहको कारण भुल्न नहुने धारणा राखे। ‘हामी सबै उत्पीडित नमिली हाम्रो मुक्ति सम्भव छैन,’ उनले भने।

लोसपाका नेता तथा प्रदेश मन्त्री सन्तोष पाण्डेले मोर्चाको साझा उम्मेदवारलाई जिताई छाड्ने प्रतिबद्धता व्यक्त गरे। संघीय लोकतान्त्रिक मोर्चाले देशभर आठ स्थानमा जनजागरण अभियान घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर