2026-10-05 06:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाईजात्रा पर्व सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ | पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गाईजात्रा पर्व सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब रहेको बताएकी छन् । गाईजात्रा पर्वका अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले नेपालका विभिन्न भागमा विविध विधि र शैलीमा मनाइने गाईजात्रा पर्व सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब रहेको छ भनिन् ।

पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गरेकी छन् , “नेपालीहरूको महत्त्वपूर्ण सांस्कृतिक पर्व, विशेषगरी नेवार समुदायले वर्ष दिनभित्र दिवङ्गत पितृहरूको सम्मान तथा आत्मा–मुक्तिका लागि मनाउने गाईजात्रा (साँपारु) पर्वका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

पूर्वराष्ट्रपति भण्डारीले गाईजात्रा पर्वले पितृआशीर्वादसहित आपसी सम्मान, सहिष्णुता र सांस्कृतिक गौरवको भावना अझ प्रगाढ बनाउन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेकी छन् । “पुर्खाप्रति कृतज्ञता प्रकट गर्ने, मृत्युलाई जीवनको शाश्वत सत्यका रूपमा स्वीकार गर्ने, समाजमा आपसी सद्भाव र सहअस्तित्वलाई सुदृढ बनाउने तथा हास्यव्यङ्ग्यमार्फत समाजमा विद्यमान विकृति, विसङ्गतिमाथि चोटिलो प्रहार गर्ने यस पर्वले हाम्रो सांस्कृतिक सम्पदा संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको छ”, पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर