१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आतङ्कवाद समाप्त पार्न भारतले अगुवाइ गर्नुपर्ने : उपेन्द्र यादव

२६ श्रावण २०८२, आईतवार १६:३८

काठमाडौँ | जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आतङ्कवाद समाप्त पार्न भारतले अगुवाइ गर्नुपर्ने बताएका छन् । उनले सार्कजस्तो क्षेत्रीय सङ्गठन आवश्यक रहेको र यसको पुनर्जीवनका लागि भारतले अगुवाइ गर्नुपर्नेमा जोड दिएका हुन् । नेपाल भारत विकास मञ्चले आइतबार आयोजना गरेको ‘दक्षिण एसियामा आतङ्कवादको अवस्था र दीर्घकालीन समाधान’ विषयक विचार गोष्ठीमा आइतबार बोल्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका यादवले आतङ्कवादलाई कुनै पनि वादसँग जोडेर हेर्न नहुने बताएका हुन् ।

आतङ्कवाद राष्ट्रवाद, धर्म वा पृथकतावादी आन्दोलनका नाममा जन्मिए पनि यसको स्वरूप सदैव अमानवीय र मानव विरोधी भएको अध्यक्ष यादवले बताए ।“दक्षिण एसियामा कुनै पनि देश आतङ्कवादबाट अछुतो छैन, तर पाकिस्तान र अफगानिस्तानमा यसको प्रभाव धेरै छ। भुटान, भारत र बङ्गलादेशमा पनि यसको गतिविधि देखिन्छ,” उनले भने । यादवले आतङ्कवादकै कारण सार्क सङ्गठन निष्क्रिय जस्तो अवस्थामा पुगेको बताए। आतङ्कवादले पाकिस्तान र अफगानिस्तानमा गरिबी र बेरोजगारी बढाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द