२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

संविधान दिवसलाई २, ३ र ४ गते अछाममा भब्य रुपमा मनाईने

३१ भाद्र २०७४, शनिबार ०२:४७

भदौ ३१, अछाम । नेपालको सविधान जारी भएको असोज २, ३ र ४ गतेलाई अछाममा पनी राष्ट्रिय दिवसको रुपमा भब्यताका साथ मनाईने भएको छ । 

दिवसको अवसरमा अछाम सदरमुकाम मंगलसेनमा औपचारीक कार्यक्रम सहित बिभिन्न कार्यक्रम तय गरिएको छ । जिल्ला समन्वय समिती अछामको आयोजनामा जिल्ला स्थित सरोकारवालाहरु बिच भएको बैठकवाट जिल्लामा तिन दिनसम्म गरिने बिभिन्न कार्यक्रम अन्य गतिविधीवारे छलफल गरिएको छ । 

जिल्ला समन्वय समिती अछामका संयोजक नरबहादुर कुवरको अध्यक्षतामा भएको बैठकले कुवरकै संयोजकत्वमा जिल्ला मुल समारोह समिती गठन गरेको छ । समितिमा जिल्लाका १० वटै स्थानीय तहका प्रमुख उपप्रमुख, प्रजिअ र जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा बिभिन्न सामाजिक संगठन र सरोकारवाला सदस्य राखिएको छ । 

बैठकवाट २, ३ र ४ गते बेलुका सबैले दिपावलि मनाउने, २ गते सार्वजनिक स्थल र सरकारी कार्यालय परिसरको सरसफाई गर्ने, जिल्ला अस्पतालका बिरामीलाई फलफुल बितरण गर्ने, सबै श्रोतकेन्द्र स्तरमा बक्तित्वकला प्रतियोगीता गर्ने निर्णय भएको छ । 

यस्तै ३ गते बिहान सबै सरोकारवालाको सहभागितामा प्रभातफेरी गर्ने, साँस्कृतिक झाँकी सहित बिभिन्न कार्यक्रम गर्ने र प्रवचन तथा मञ्चको कार्यक्रम गर्ने तय भएको छ । 

साथै संविधान दिवस मनाउन गठित जिल्ला समारोह मुल समितीवाट सबै स्थानीय तहलाई संविधान दिवस भब्य रुपमा मनाउन आग्रह सहित पत्राचार गर्ने समेत निर्णय गरिएको छ । 

बैठकमा मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहरा, अछामका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरी, मंगलसेन नगर उपप्रमुख सरिता उपाध्याय, बिभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधी, सुरक्षा निकायका प्रमुख, बिभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रमुख प्रतिनिधी लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । -होम साउदको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…