१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जलवायु परिवर्तनसम्बन्धि नीति निर्माण गर्नुपर्नेमा सांसदहरुको जोड

२८ श्रावण २०८२, मंगलवार १७:४५

काठमाडौँ | वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमा जलवायु परिवर्तनसम्बन्धि नीति निर्माण गर्नुपर्ने माग गरिएको छ । मंगलबार बसेको अर्थ समितिको बैठकमा जलवायु परिवर्तनलाई विश्वसमुदायसँग सहयोगको आव्हान गर्दा समेत उचित नीति नभएको भन्दै समितिमा नीतिले सम्बोधन गर्नुपर्ने माग गरिएको हो । बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले हिमतालहरु फुटेकोदेखि लेदो बाढी आउने समस्याहरुमा अरुलाई सहयोगका लागि आव्हान गर्न नीतिको आवश्यक रहेको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूले जलवायु परिवर्तनप्रति प्रतिवद्धता र विश्व समुलायसँग सहयोग पनि मागिरहेको अवस्था छ । हिमतालहरु फुटेकोदेखि लेदो बाढी आउने कुराहरुमा अरुलाई आव्हान गर्ने तर हामीले बनाउने नीतिमा त्यो नहुँदा नीति निर्माणमा ध्यान दिनु जरुरी देखिन्छ ।’उनले वातावरणीय पक्ष र जलवायु परिवर्तनका कारण आएका समस्यामा फरक रहेको भन्दै यसले दिगो विकासमा समेत टेवा पुर्याउने बताए ।

यस्तै बैठकमा नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने र वतावरणीय संरक्षणका उपायहरुका लागि नीति संशोधन गरी समेट्नुपर्ने बताए । यस्तै रास्वपाका सांसद स्वर्णिम वाग्लेले कृषिवाली नलाग्ने ठाँउमा तापक्रम बृद्धि हुने, हिउँ पग्लिदा जोखिम बढने भएकाले जोखिम न्यूनीकरण मात्र नभइ यसलाई नीति मार्फत समेटिनुपर्ने बताए । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने विषय र वातावरण संरक्षणको विषयलाई संशोधन गरी समेट्न समितिलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’