२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्प र पुटिनबीचको भेटअघि युक्रेनी राष्ट्रपति जेलेन्स्की किन पुगे जर्मन ?………………………..

३० श्रावण २०८२, बिहीबार ११:५९

काठमाडौँ | युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की बुधबार जर्मन राजधानी बर्लिन पुगेका छन्, जहाँ उनले जर्मन चान्सलर फ्रेडरिक मर्जसँग प्रत्यक्ष वार्ता गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटअघि युक्रेनी राष्ट्रपति जर्मन पुगेका हुन्, उनी सिंगो युरोपको समर्थन खोजिरहेका छन ताकी एक इन्च भुमी पनि रूसलाई दिनु नपरोस् भनेर उनले पहल लिने क्रममा उनी जर्मन पुगेको बताइएको छ। सो क्रममा, अन्य युरोपेली र अमेरिकी नेताहरूसँग डिजिटल बैठकहरूमा भाग लिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार हुने महत्वपूर्ण शिखर बैठकको पूर्वसन्ध्यामा यी कूटनीतिक गतिविधिहरु आयोजना गरिएको हो । ट्रम्पले युक्रेनले केही भुमी रूसलाई दिएर भए पनि शान्ति सम्झौता गर्नु पर्ने अभिब्यक्ति पछि झस्किएका जेलेन्स्की एका एक युरोप यात्रामा निस्केका हुन् ।

जर्मन चान्सलर मेर्जले यस हप्ताको अन्त्यमा अलास्कामा ट्रम्प–पुटिन वार्ता हुनु अघि युरोप र युक्रेनको आवाजलाई एकताबद्ध गर्ने प्रयासमा शृंखलाबद्ध बैठकहरूको लागि आह्वान गरेका छन्। जर्मन सरकारका प्रवक्ता स्टेफान मेयरले वार्ताको उद्देश्य युरोपेली देशहरूको अडानलाई स्पष्ट र बलियो ढंगले अगाडि बढाउनु रहेको बताएका छन ।

जेलेन्स्कीले पहिले युरोपेली नेताहरूसँग छलफल गर्नेछन्, जसको करिब एक घण्टापछि ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग डिजिटल भेट हुने जनाइएको छ । युक्रेनी राष्ट्रपतिले अलास्का बैठक अघि आफ्नो सरकारले साझेदार देशहरूसँग ३० भन्दा बढी चरणको वार्ता गरेको बताए। यद्यपि, उनले पुटिन वास्तवमा युद्ध अन्त्य गर्न गम्भीर रहेकोमा शंका व्यक्त गरेका छन् ।

‘यस क्षणसम्ममा त्यहाँ कुनै संकेत छैन कि रूस युद्ध समाप्त गर्न तयार छ। हामीले हाम्रा सहयोगीहरूसँग मिलेर रुसलाई शान्तिको लागि बाध्य पार्न काम गर्नुपर्छ,’ जेलेन्स्कीले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा लेखेका छन् ।

सोही शैलीमा ट्रम्पले पनि पुटिनले वास्तवमै शान्ति वार्तालाई गम्भीरतापूर्वक अगाडि बढाउन चाहन्छन् कि भनेर हेर्न चाहेको बताएका छन्। सो कुरा बार्ता सुरू भएको २ मिनेटमा थाहा हुने पनि उनले जनाएका छन् ।

यद्यपि, युक्रेनले युद्ध अन्त्य गर्न रुसको नियन्त्रणमा रहेका केही क्षेत्रहरू त्याग्नु पर्ने हुन सक्ने भनेर ट्रम्पले बताए पछि युरोपेली नेताहरूलाई पनि आक्रोशित बनाएको छ ।

 

युरोपेली देशहरूले भने पुटिनसँग हुने कुनै पनि सम्झौतामा युक्रेनको प्रत्यक्ष सहभागितामा जोड दिइरहेका छन्। यदि युक्रेन र युरोपको सहभागिता बिना वार्ता भयो भने पुटिनले एकतर्फी रियायतहरू दिन सक्छन्, जसले शान्ति सम्झौतालाई रूसको पक्षमा झुकाउनेछ भन्ने डर छ।

जेलेन्स्कीले यो पनि स्पष्ट गरेका छन कि युक्रेनले आफ्नो नियन्त्रणमा रहेको कुनै पनि क्षेत्र दिने छैनन् किनकि यो असंवैधानिक मात्र होइन भविष्यमा रुसी आक्रमणको लागि बाटो पनि खोल्नेछ। उनले अमेरिका र युरोपलाई सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गरेका छनर वार्तामा युरोपको सहभागितालाई कुनै पनि शान्ति योजनाको मुख्य भाग बनाउनु पर्छ भनेर जोड गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन