2026-10-05 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्प र पुटिनबीचको भेटअघि युक्रेनी राष्ट्रपति जेलेन्स्की किन पुगे जर्मन ?………………………..

काठमाडौँ | युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की बुधबार जर्मन राजधानी बर्लिन पुगेका छन्, जहाँ उनले जर्मन चान्सलर फ्रेडरिक मर्जसँग प्रत्यक्ष वार्ता गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटअघि युक्रेनी राष्ट्रपति जर्मन पुगेका हुन्, उनी सिंगो युरोपको समर्थन खोजिरहेका छन ताकी एक इन्च भुमी पनि रूसलाई दिनु नपरोस् भनेर उनले पहल लिने क्रममा उनी जर्मन पुगेको बताइएको छ। सो क्रममा, अन्य युरोपेली र अमेरिकी नेताहरूसँग डिजिटल बैठकहरूमा भाग लिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार हुने महत्वपूर्ण शिखर बैठकको पूर्वसन्ध्यामा यी कूटनीतिक गतिविधिहरु आयोजना गरिएको हो । ट्रम्पले युक्रेनले केही भुमी रूसलाई दिएर भए पनि शान्ति सम्झौता गर्नु पर्ने अभिब्यक्ति पछि झस्किएका जेलेन्स्की एका एक युरोप यात्रामा निस्केका हुन् ।

जर्मन चान्सलर मेर्जले यस हप्ताको अन्त्यमा अलास्कामा ट्रम्प–पुटिन वार्ता हुनु अघि युरोप र युक्रेनको आवाजलाई एकताबद्ध गर्ने प्रयासमा शृंखलाबद्ध बैठकहरूको लागि आह्वान गरेका छन्। जर्मन सरकारका प्रवक्ता स्टेफान मेयरले वार्ताको उद्देश्य युरोपेली देशहरूको अडानलाई स्पष्ट र बलियो ढंगले अगाडि बढाउनु रहेको बताएका छन ।

जेलेन्स्कीले पहिले युरोपेली नेताहरूसँग छलफल गर्नेछन्, जसको करिब एक घण्टापछि ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग डिजिटल भेट हुने जनाइएको छ । युक्रेनी राष्ट्रपतिले अलास्का बैठक अघि आफ्नो सरकारले साझेदार देशहरूसँग ३० भन्दा बढी चरणको वार्ता गरेको बताए। यद्यपि, उनले पुटिन वास्तवमा युद्ध अन्त्य गर्न गम्भीर रहेकोमा शंका व्यक्त गरेका छन् ।

‘यस क्षणसम्ममा त्यहाँ कुनै संकेत छैन कि रूस युद्ध समाप्त गर्न तयार छ। हामीले हाम्रा सहयोगीहरूसँग मिलेर रुसलाई शान्तिको लागि बाध्य पार्न काम गर्नुपर्छ,’ जेलेन्स्कीले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा लेखेका छन् ।

सोही शैलीमा ट्रम्पले पनि पुटिनले वास्तवमै शान्ति वार्तालाई गम्भीरतापूर्वक अगाडि बढाउन चाहन्छन् कि भनेर हेर्न चाहेको बताएका छन्। सो कुरा बार्ता सुरू भएको २ मिनेटमा थाहा हुने पनि उनले जनाएका छन् ।

यद्यपि, युक्रेनले युद्ध अन्त्य गर्न रुसको नियन्त्रणमा रहेका केही क्षेत्रहरू त्याग्नु पर्ने हुन सक्ने भनेर ट्रम्पले बताए पछि युरोपेली नेताहरूलाई पनि आक्रोशित बनाएको छ ।

 

युरोपेली देशहरूले भने पुटिनसँग हुने कुनै पनि सम्झौतामा युक्रेनको प्रत्यक्ष सहभागितामा जोड दिइरहेका छन्। यदि युक्रेन र युरोपको सहभागिता बिना वार्ता भयो भने पुटिनले एकतर्फी रियायतहरू दिन सक्छन्, जसले शान्ति सम्झौतालाई रूसको पक्षमा झुकाउनेछ भन्ने डर छ।

जेलेन्स्कीले यो पनि स्पष्ट गरेका छन कि युक्रेनले आफ्नो नियन्त्रणमा रहेको कुनै पनि क्षेत्र दिने छैनन् किनकि यो असंवैधानिक मात्र होइन भविष्यमा रुसी आक्रमणको लागि बाटो पनि खोल्नेछ। उनले अमेरिका र युरोपलाई सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गरेका छनर वार्तामा युरोपको सहभागितालाई कुनै पनि शान्ति योजनाको मुख्य भाग बनाउनु पर्छ भनेर जोड गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर