कमल रावल/असोज १, अछाम । नेकपा एमालेका केन्द्रिय कमिटी उपाध्यक्ष भिम रावलले राजनितिक अधिकारका कुरा नभई साझा बिकासका एजेण्डा लिएर सबै अघि बढ्नु पर्ने बताउनु भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/असोज १, अछाम । नेकपा एमालेका केन्द्रिय कमिटी उपाध्यक्ष भिम रावलले राजनितिक अधिकारका कुरा नभई साझा बिकासका एजेण्डा लिएर सबै अघि बढ्नु पर्ने बताउनु भ"/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

साझा बिकासका एजेण्डा लिएर सबै अघि बढौँ: भिम रावल

२०७४, १ आश्विन आईतवार ०१:०२


कमल रावल/असोज १, अछाम । नेकपा एमालेका केन्द्रिय कमिटी उपाध्यक्ष भिम रावलले राजनितिक अधिकारका कुरा नभई साझा बिकासका एजेण्डा लिएर सबै अघि बढ्नु पर्ने बताउनु भएको छ । 

शनिबार साँफेबगर नगरपालिका अछामको प्रथम नगरसभाको उदघाट्न गर्दै रावलले स्थानिय तह र सरकारले सबै हक अधिकार पुरा गर्नका लागि लाग्नुपर्ने बताउनु भयो । 

राम्रा कुरालाई राम्रा र नराम्रालाई नराम्रा कुरामा राखेर अघि बढनु पर्ने बताउनु भयो ।  पुर्व उपप्रधान तथा गृहमन्त्रि समेत रहेका रावलले समग्र अछाम जिल्लाको बिकासका लागि नेकपा एमालेको एजेण्डा पहीलो भएको बताउनु भयो । 

कसैको ईशारामा एमाले नझुकेर समग्र देशका बिकासका लागि अघि बढ्ने बताउनु भयो । नगरपालिका प्रमुख कुल बहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सुचना तथा सञ्चारराज्य मन्त्रि गोबिन्द बहादुर शाह, पुर्व साँसद तथा एमाले अछामका अध्यक्ष शेर बहादुर कुवर, जिल्ला समन्वय समिती अछामका सँयोजक नर बहादुर कुवर, जिविस महासँघ केन्द्रिय प्रवक्ता कृष्ण प्रसाद जैसि बिशिष्ट अतिथी रहनु भएको थियो । 

कार्यक्रममा नेपाली काग्रेसका महासमिती सदस्य ध्वज बहादुर कुवर, नेकपा एमाले प्रदेश नम्बर ७ अनुशासन आयोग सदस्य गोबिन्द कुवर, जिल्ला समन्वय समिती सदस्य लक्ष्मी शाह, नेपाली काग्रेस नगरसचिव कृष्ण कुवर, नेकपा एमाले नगरसंगठन कमिटी सचिव हिक्मत कुवर, नेकपा माओबादी केन्द्रका नगर संयोजक टंक रावल, बयालपाटा अस्पतालका डाक्टर बिकास गौचन, अन्तरपाटी महीला सञ्जालका दुधकला बिष्ट, अल्पसख्यक केशरमिया, सबै विद्यालको तर्फबाट महेन्द्र उमाविका प्रअ ईन्द्रजित ठकुल्ला, दलित प्रतिनिधी सुरत भुलले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

कार्यक्रममा नगरपालिकाको सबै ४९ करोड ८८ लाख २४ हजार ७ सय ९१ बराबरको बजेट सहीत २०७४।०७५ को निति तथा कार्यक्रम नगर प्रमुख कुल बहादुर कुवरले प्रस्तुत गर्नु भएको थियो । उपमेयर विर्मला बुडथापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन ईञ्जीनीयर पुर्ण कुवरले गर्नु भएको हो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ