कमल रावल/असोज १, अछाम । नेकपा एमालेका केन्द्रिय कमिटी उपाध्यक्ष भिम रावलले राजनितिक अधिकारका कुरा नभई साझा बिकासका एजेण्डा लिएर सबै अघि बढ्नु पर्ने बताउनु भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/असोज १, अछाम । नेकपा एमालेका केन्द्रिय कमिटी उपाध्यक्ष भिम रावलले राजनितिक अधिकारका कुरा नभई साझा बिकासका एजेण्डा लिएर सबै अघि बढ्नु पर्ने बताउनु भ"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

साझा बिकासका एजेण्डा लिएर सबै अघि बढौँ: भिम रावल

१ आश्विन २०७४, आईतवार ०१:०२


कमल रावल/असोज १, अछाम । नेकपा एमालेका केन्द्रिय कमिटी उपाध्यक्ष भिम रावलले राजनितिक अधिकारका कुरा नभई साझा बिकासका एजेण्डा लिएर सबै अघि बढ्नु पर्ने बताउनु भएको छ । 

शनिबार साँफेबगर नगरपालिका अछामको प्रथम नगरसभाको उदघाट्न गर्दै रावलले स्थानिय तह र सरकारले सबै हक अधिकार पुरा गर्नका लागि लाग्नुपर्ने बताउनु भयो । 

राम्रा कुरालाई राम्रा र नराम्रालाई नराम्रा कुरामा राखेर अघि बढनु पर्ने बताउनु भयो ।  पुर्व उपप्रधान तथा गृहमन्त्रि समेत रहेका रावलले समग्र अछाम जिल्लाको बिकासका लागि नेकपा एमालेको एजेण्डा पहीलो भएको बताउनु भयो । 

कसैको ईशारामा एमाले नझुकेर समग्र देशका बिकासका लागि अघि बढ्ने बताउनु भयो । नगरपालिका प्रमुख कुल बहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सुचना तथा सञ्चारराज्य मन्त्रि गोबिन्द बहादुर शाह, पुर्व साँसद तथा एमाले अछामका अध्यक्ष शेर बहादुर कुवर, जिल्ला समन्वय समिती अछामका सँयोजक नर बहादुर कुवर, जिविस महासँघ केन्द्रिय प्रवक्ता कृष्ण प्रसाद जैसि बिशिष्ट अतिथी रहनु भएको थियो । 

कार्यक्रममा नेपाली काग्रेसका महासमिती सदस्य ध्वज बहादुर कुवर, नेकपा एमाले प्रदेश नम्बर ७ अनुशासन आयोग सदस्य गोबिन्द कुवर, जिल्ला समन्वय समिती सदस्य लक्ष्मी शाह, नेपाली काग्रेस नगरसचिव कृष्ण कुवर, नेकपा एमाले नगरसंगठन कमिटी सचिव हिक्मत कुवर, नेकपा माओबादी केन्द्रका नगर संयोजक टंक रावल, बयालपाटा अस्पतालका डाक्टर बिकास गौचन, अन्तरपाटी महीला सञ्जालका दुधकला बिष्ट, अल्पसख्यक केशरमिया, सबै विद्यालको तर्फबाट महेन्द्र उमाविका प्रअ ईन्द्रजित ठकुल्ला, दलित प्रतिनिधी सुरत भुलले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

कार्यक्रममा नगरपालिकाको सबै ४९ करोड ८८ लाख २४ हजार ७ सय ९१ बराबरको बजेट सहीत २०७४।०७५ को निति तथा कार्यक्रम नगर प्रमुख कुल बहादुर कुवरले प्रस्तुत गर्नु भएको थियो । उपमेयर विर्मला बुडथापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन ईञ्जीनीयर पुर्ण कुवरले गर्नु भएको हो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…