2026-10-05 04:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अपराध नियन्त्रणमा कसैले पनि अवरोध गर्न नहुने : मुख्यमन्त्री शाह

काठमाडौँ | सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अपराध नियन्त्रणमा कसैले पनि अवरोध गर्न नहुने बताएका छन् । जिल्ला समन्वय समितिले बुधबार धनगढीमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८१-०८२ को वार्षिक प्रगति समीक्षा एवं स्थानीय तहको असल अभ्यास’सम्बन्धी अनुभव आदन-प्रदान कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख उपस्थित कार्यक्रममा मुख्यमन्त्री शाहले अपराध नियन्त्रण गर्ने क्रममा कसैको अनुहार नहेर्नसमेत आग्रह गरे ।‘कुनै किसिमको अपराध सैह्य हुने छैन । कुनै किसिमको गुण्डागर्दी सैह्य हुनेछैन,’ शाहले भने, ‘अपराध र लागू औषध नियन्त्रणमा हामी सबै जनप्रतिनिधिहरूले सहयोग गर्नुपर्छ । हामीले त्यो वातावरण निर्माण गरेका छौँ, अझैँ प्रभावकारी बनाउन जरुरी छ ।’

एक अर्को प्रशंगमा मुख्यमन्त्री शाहले पालिकामा वित्तिय हस्तान्तरण तर्फको बजेट आफू आएपछि क्रमशः बढाउदै लगेको बताए । उनले पहिलो पटक आफू मुख्यमन्त्री हुँदा दुई प्रतिशत रहेको वित्तिय हस्तान्तरण बढाएर पहिलो वर्षमा आठ प्रतिशत र दोस्रो कार्यकालमा १२ प्रतिशत पुर्‍याएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर