2026-10-05 04:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आवधिक निर्वाचनको कुरालाई कसैले पनि हल्लाउन सक्दैन : गगन थापा

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आवधिक निर्वाचन समयमै गर्ने कुरामा कसैले दायाँबायाँ गर्न नसक्ने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा दक्षिण एशियाका धेरै देशहरुमा आवधिक निर्वाचन समयमै नहुने बताए । समयमै आवधिक निर्वाचन हुने कुरालाई नेपालमा कसैले हल्लाउन नसक्ने उनको भनाइ छ ।

‘दक्षिण एशियाका थुप्रै देशहरुमा समयमा आवधिक निर्वाचन हुँदैन । हाम्रोमा हुन्छ । यो आवधिक निर्वाचन हुने कुरालाई कसैले पनि हल्लाउन सक्दैन,’ महामन्त्री थापाले भने, ‘आवधिक निर्वाचन हुन्छ भनेर भनेको ठाउँमा पनि नाममात्रैको निर्वाचन हुन्छ । हाम्रोमा राम्रै निर्वाचन हुन्छ ।’ निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सरकारले विधेयकका रुपमा ल्याउँदा निर्वाचन आयोगले पेश गरेका कुराहरु पनि हटाएर ल्याउनसक्ने भन्दै सबै चनाखो हुनुपर्ने उनको भनाइ थियो ।

‘हाम्रो इलेक्शन फेयर हुन्छ, फ्रि हुन्छ । सरकारको तर्फबाट विधेयकको रुपमा आउँदा अहिले आएका कतिपय कुराहरु हटेर आउनसक्छ,’ उनले भने, ‘यसमा ख्याल गर्नुपर्छ । संसदबाट फेरि थपेर पठाउन हामी सक्छौँ । आवश्यकताका आधारमा हामीले विधेयकमा राम्रै काम गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर