2026-10-05 04:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता

काठमाडौँ | कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरि बासबीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा भेटवार्ता भएको छ । सो भेटवार्तामा मुख्यमन्त्री कार्कीले नेपाल र इजरायलबीच ऐतिहासिक मित्रताको सम्बन्ध रहेको चर्चा गर्दै यसलाई अझ सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले कृषि, श्रम, रोजगार, स्वास्थ्यलगायत क्षेत्रमा इजरायलसँग सहकार्य हुँदै आएको बताउँदै नेपाली मुख्यतया कृषि र ‘केयर गिभर’ (हेरचाहकर्ता) का रूपमा इजरायलमा कार्यरत भएकाले यसलाई व्यवस्थित बनाउनुपर्ने धारणा राख्नुभयो ।

नवप्रवर्तन र प्रविधि हस्तान्तरणमा इजरायलको अनुभव नेपालका लागि उपयोगी हुने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार पनि इजरायल सरकारसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयो । इजरायलको आधुनिक कृषि प्रविधिका माध्यमबाट भएको प्रगतिको प्रशंसा गर्दै उहाँले कोशी प्रदेश कृषि उत्पादनका लागि सम्भावना बोकेको क्षेत्र भएकाले सहकार्यको लागि तयार रहेको बताउनुभयो । मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले कृषिमा उद्यमशीलता विकास गर्न ब्याज अनुदान दिएर युवालाई कृषि पेसामा आकर्षित गर्ने योजना ल्याएको जानकारी गराउनुभयो । उहाँले प्रदेशका कृषकलाई शैक्षिक र व्यावहारिक तालिमको व्यवस्था गर्न सके कृषिका माध्यमबाट आर्थिक विकासमा योगदान पु¥याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “कोशी प्रदेश सरकार महामहिम राजदूतमार्फत जोशीको रिहाइको लागि आग्रह गर्दछ ।” मनमोहन प्राविधिक विश्वविद्यालय बूढीगङ्गा मोरङ, गौरादह कृषि क्याम्पस झापालगायत प्रदेशका कृषि क्याम्पसहरूसँग सहकार्य गरेर अगाडि बढ्नका लागि पनि मुख्यमन्त्री कार्कीले आग्रह गर्नुभयो । सो अवसरमा इजरायली राजदूत बासले नेपाल र इजरायलको सम्बन्ध पुरानो र प्रगाढ रहेको धारणा राख्नुभयो । उहाँले पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको पालादेखि नेपाल र इजरायलको सम्बन्ध सुमधुर रहेको बताउनुभयो ।

इजरायलमा केयर गिभर र कृषि क्षेत्रमा काम गर्ने प्रशस्त अवसरहरू रहेका जनाउँदै त्यसमा सीप, क्षमता विकास गरी जनशक्ति लैजान सकिने बताउनुभयो । कृषि क्षेत्रमा काम गर्न र सहकार्य गर्न इजरायल सरकार तयार रहेको भन्दै उहाँले कोशी प्रदेशसँग पनि आगामी दिनमा सहकार्य गर्न सकिने जानकारी दिनुभयो । नेपालमा कृषि काम गर्ने ५० प्रतिशतभन्दा बढी जनशक्ति भए पनि सोअनुसारको प्रगति नभएको बताउँदै राजदूत बासले इजरायलमा थोरै जनसङ्ख्या कृषिमा काम गर्ने भए पनि उल्लेख्य प्रगति भएको उदाहरण दिनुभयो । उहाँले कृषि क्षेत्रमा नयाँ प्रविधिको प्रयोगमार्फत प्रगति हासिल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर