१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस र एमाले अझैसम्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान तयार छैनन् : सांसद सापकोटा

११ भाद्र २०८२, बुधबार १४:५६

काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा सांसद माधव सापकोटाले मुलुकमा विद्यमान राजनीतिक समस्याको समाधान पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखमार्फत मात्र सम्भव हुने बताएका छन्। बुधबार काठमाडौँमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समीक्षा : उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै सापकोटाले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा नजाँदासम्म संविधानबारे भइरहेका बहसहरू अर्थहीन हुने टिप्पणी गरे।

उनका अनुसार सत्तारूढ प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) अझैसम्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने निर्णयमा पुग्न सकेका छैनन्। उनले माओवादी केन्द्रको स्पष्ट दृष्टिकोण प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीतर्फ जानु रहेको दोहोर्‍याए। सापकोटाले सांसदलाई मन्त्री बन्न नपाउने व्यवस्था गर्न सकिए विधायिका काम प्रभावकारी हुने तर्क गरे। उनले भने, ‘पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा नजाँदासम्म संविधानबारे गरिँदै आएको बहस अन्त्यहीन हुन्छ। कांग्रेस र एमाले आजै तयार भए भने पनि यो ठूलो कुरा होइन। तर ती दुई पार्टी अझै तयार छैनन्। हाम्रो स्पष्ट दृष्टिकोण भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, सांसद मन्त्री नहुने र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा गएर मात्रै आजका समस्याको समाधान सम्भव हुन्छ भन्ने हो।’

सापकोटाले संविधानलाई समयानुकूल संशोधन गरी जनतामुखी बनाउन माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, सांसदलाई मन्त्री बन्न नदिने र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई दीर्घकालीन दृष्टिकोणका रूपमा अघि सारिरहेको पनि स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव